विपद जोखिम न्युनिकरणका लागि पाँचथरका विद्यालय दुई दिन बन्द


पाँचथर::मौसम पुर्वानुमान महाशाखाले गरेको प्रक्षेपणलाई मध्यनजर गर्दै पाँचथर जिल्लाका सबै शैक्षिक सस्थामा २ दिन आकस्मिक विदा दिइने भएको छ ।
असोज ८ र ९ गते पाँचथर सहित देशभर वर्षाको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले पाँचथरका विद्यालय दुई दिन बन्द गर्न सर्कुलर गरेको हो ।
मौसम विभागको सूचनालाई ध्यानमा राख्दै सबै स्थानीय तहलाई विद्यालय बन्द गर्न भनिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउँनुभयो । उहाँका अनुसार बिहीबार र शुक्रकार विद्यालय बन्द गर्न भनिएको छ ।

शनिबार र आइतबार नियमित बिदा रहेकाले लगातार चार दिन विद्यालय बन्द हुने भएको छ । 
यसैविच फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले प्रशासनको आग्रह र मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै  विद्यालय बन्द गर्ने निर्णय गरेका छन  । 
मौसम विभागले असोज ८ गतेदेखि १२ गतेसम्म वर्षाको उच्च जोखिम रहेको जनाएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

प्रतिकृया दिनुहोस्