बारुद र खुकुरीसहित एक युवक पक्राउ
पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारबाट खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–६ शिवाका ३२ वर्षीय सुशन तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुम्रोकले खुकुरी देखाएर धाकधम्की दिइरहेको सूचनाका आधारमा प्रहरी चौकी यासोकबाट खटेको टोलीले प्रकाउ गरेको हो ।
तुम्रोकलाई कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारबाट पक्राउ गरिएको जिल्ला कर्णले बताउनुभयो ।
उहाँका अनुसार प्रहरीले तुम्रोकलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा दापसहितका दुई थान खुकुरी, इन्सास राइफलको एक राउण्ड गोली र बारुद २७.७१ ग्रामसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका तुम्रोकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।
तुम्रोकलाई पाँचथर जिल्ला अदालत फिदिमबाट ५ दिनको म्याद थप गरी खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

.jpeg)

