यायोक्खा पाँचथरको अध्यक्षमा मनकुमार राई निर्वाचित


पाँचथर::किरात राई यायोक्खा पाँचथरको आठौँ जिल्ला अधिवेशनले मनकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
 नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र सोझे राई र शान्तिदेवी राई, सचिवमा राजन बिराहाङ राई, सहसचिवमा जानुका राई, कोषाध्यक्षमा सीतामाया राई र सहकोषाध्यक्षमा अनन्त राई चयन हुनुभएको छ ।
यसै गरी  सदस्यहरुमा खगेन्द्र राई, देउकुमार साम्पाङ, रत्ननारायण राई, धनबहादुर राई, सरेश राई, जीतवीर राई, नरप्रसाद राई र दीपक याङमा राई चयन हुनुभएको निर्वाचन मण्डलका सचिव सञ्जय राईले जानकारी दिनुभएको छ  ।
राईका अनुसार बन्द सत्र बेलुका ८ बजे सुरु भएर बिहान ३ बजेसम्म चलेको थियो । लामो छलफल पछि सहमति बाटै नयाँ नेतृत्व चयन गरिएको उहाँले बताउनुभयो ।
किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, प्रदेश उपाध्यक्ष सञ्जय सन्तोषी राई, किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ र नेपाल मगर संघ पाँचथरका सचिव प्रेम केप्छाकी मगरलगायतको उपस्थिति थियो । अधिवेशनको उद्घाटन सत्र निवर्तमान अध्यक्ष गणेश साम्पाङको अध्यक्षतामा भएको थियो । 

प्रतिकृया दिनुहोस्