जन्मदिनमा विद्यालय र विद्यार्थीलाई शैक्षिक सामग्री


पाँचथरको फिदिम नगरपालिका ५ चोकमागुका पूर्णकुमार तुम्बापोले आफ्नो जन्मोत्सवको अवसर पार्दै फिदिम ४ को जागृति आधारभुत विद्यालय र त्यहाँ अध्ययनरत छात्र छात्रालाई शैक्षिक सामग्री र स्टेशनरी सहयोग गर्नुभएको छ ।
तुम्बापोले सो विद्यालयमा अध्ययनरत १ स २३ छात्रछात्रा र विद्यालयलाई ३६ हजार मुल्य बराबरको सामग्री हस्तान्तरण गर्नुभएको हो । वितरित सामग्रीमा भित्ते घडि फुटबल,कापी,बलपेन सहितका सामग्री छन ।
तुम्बापोले विहिबार विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले यहाँ अध्ययनरत बाल बालिकाको शैक्षिक उन्नयनका लागि यत्तिका सहयोग गरेको बताँउनुभयो । 
यो विद्यालयमा अविभावकवाट टाढिएका छात्रछात्रा आवासीय रुपमा अध्ययन गर्दै आएका छन । विद्यालयलाई यत्तिका सामग्री उपलव्ध गराएकोमा प्रधानाध्यापक डिल्ली लुइटेलले दाता तुम्बापोलाई धन्यवाद दिनुभयो ।
 

प्रतिकृया दिनुहोस्