गणतन्त्र चौकमा दीप प्रज्वलन गरेर जेन्जी शहिदको सम्झना
पाँचथरको सदरमुकाम फिदिम स्थित गणतन्त्र चौकमा दीप प्रज्वलन गरेर जेन्जी शहिदहरुको सम्झना गरिएको छ ।
द काउसिन्ल अफ जेन्जीको संयोजनमा परिवर्तनका खातिर ज्यान आहुती दिनुभएका शहिदहरुको सम्झनामा दीप प्रज्वलन र मौन धारण सहित श्रद्वाञ्जली अर्पण गरिएको हो ।
साँझ सात बजे नेपालको मैनबत्तीको आकृतिमा नेपालको नक्सा अङ्कित गरेर दीप प्रज्वलन गरिएको थियो । गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्मानमा यो कार्यक्रम गरिएको आयोजकहरुले जनाएका छन ।
जेन्जी उमेर समूहका किशोर किशोरी र युवा युवतीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा गत वर्षको भदौ २३ र २४ गते भएको जेन्जी विद्रोहका क्रममा ज्यान गुमाएका नागरिकको स्मरण समेत गरिएको थियो ।
देशभक्तिले ओतप्रोत भएका राष्ट्रिय गीत प्रसारण गर्दै गरिएको उक्त कार्यक्रममा सहभागी अधिकांशले दीप प्रज्वलन गर्दै पुनः जेन्जी आन्दोलन सहित विभिन्न कालखण्डमा ज्यान आहुती दिएका शहिदको सच्चा सम्मानका लागि देशमा भ्रष्टाचार अन्त्य र सुशासन स्थापना हुनु पर्नेमा ऐक्यबद्वता जनाएका थिए ।

.jpeg)

.jpeg)