ड्रोन आक्रमणमा सोमकुमारको निधन, हात्तिखर्क शोकमग्न


पाँचथर::शुक्रबार मध्य दिँउसो तेह«थुमको आठराई गाउँपालिका ६ हात्तिपोखरी पुग्दा सोमकुमारकी दिदी सिता मोइवाइको स्क्रिन हेर्दै टोलाइरहेकी थिइन ।
भाई सोमकुमार तामाङको कुबेतमा ड्रोन हमलामा परेर निधन भएको खबर सुनेपछि बेचौन भएकी उनी स्क्रोल गर्दै घरी सोमकुमारको फोटो हेर्थिन त घरी लामो सुस्केरा हाल्दै मन बुझाउने कोशिष गर्थिन ।र्
 अघिल्लो असोजमा आएको थियो, पैसा कमाउन सकिन,दुःख पाएँ, भन्थ्यो,छोटो दिनको रहेछ,उमेरमै गयो ।’ गला अवरुद्व पार्दै सिताले भनिन ।
हात्तिपोखरीकै दोर्जे बल तामाङ सिकुवामै एकोहोरिइरहेका थिए र्। सँगै हुर्के बढेको साथीको निधन  भएको खबर गलत भइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।र्
अघिल्लो असोजमा आँउदा सँगै दाल गोड्यौं,गाउँघरका साथीभाई र इष्टमित्रसँग भेटेर रमाइलो ग¥र्यो ,फर्केर गएपछि बोल्न पनि पाइएको थिएन उतै वितेछ ।’–दोर्जेले भने ।
छिमेकी सोममाया तामाङ सिकुवामा वसेर टोलाइरहेकी थिइन र्।  सोमकुमारको निधनको खवर सत्य हो भन्नेमा उनलाई अझै विश्वास छैन, आफुलाई घाँस दाउरा र मेलापातमा सघाएको याद  झल्झली आइरहेको छ ।’ –उनले भनिन ।
सोमकुमारकै जुवाई नाताका विरबहादुर तामाङ ज्यामिरेदेखि हात्तिपोखरी तर्फ मोटरसाइकलमा आँउदै थिए ।  
कान्तिपुरले मोटरसाइकल रोक्न इसारा गर्नासाथ रोकिएका उनले सोमकुमारको निधन पश्चात आफुले कामको मेलोमेसो केहि पाउन नसकेको सुनाए ।र्
काम गर्न खोज्यो हातपाउ गलेर आँउछन, एकातिर जान भनेर निस्कियो अर्कैबाटो लाग्दो रहेछु,पछिल्लो भेटमा गाडी चलाँउछु,काम ठिक ठिकै छ अलिअलि पैसा पनि बच्न थालेको छ,भन्नुहुन्थ्यो,आखिर परदेशमै चोला उठेछ ।’ विरबहादुरले भने ।
सिता,दोर्जेबल,विरवहादुर र सोममाया मात्रै होइन तेह«थुमको आठराई गाउँपालिका ६ हात्तिपोखरीका नागरिक शोकमा छन ।


रोजगारीका क्रममा कुवेत पुगेका ४४ वर्षीय सोमकुमार तामाङको इरानी ड्रोन आक्रमणमा परी ज्यान गएको खबरपछि तेर्हथुमको ६ हात्तिखर्क गाँउ शोकमा डुबेको हो । 
स्थानीयका अनुसार कुबेतमै रहेका सोमकुमारका साथीहरुले विहिबार दिँउसो फोन गरेर घट्नाबारे सुनाएका थिए ।
पहिले सुन्दा होइन कि भन्ने लागेपनि शुक्रबार कुवेत स्थित नेपाली दुताबासले पुष्टि गर्दै समवेदना पत्र सार्वजनिक गरेपछि सोमकुमार फर्केर आउलान भन्ने विश्वास टुटेको स्थानीयले सुनाए ।
दिदी सिताका अनुसार सोमकुमार २०६२।०६३ सालतिर पहिलो पटक मलेसिया गएका थिए ।
२०६९ सालमा युद्वग्रस्त मुलुक इज्रायल जान खोज्दा म्यान पावरका एजेण्टले १२ लाख रुपैंया ठगेर भिसा नलागेपछि केहि वर्ष नेपालमै गाडी चलाएर केहि पैसा जम्मा गरी चारवर्ष अघि पुनः कुवेत गएका हुन ।
कुवेतमा पनि आफु गाडी नै चलाउँदै आएको उनले परिवारका सदस्य र आफन्तहरुलाई सुनाएका थिए । 
पछिल्लो पटक उनी २०८२ असोज महिनामा हात्तिपोखरी आइपुगेका थिए । त्यो बेला काकाको निधन भएकाले ४९ दिनको काम सकेर उनी पुनः कुवेत फर्किएका हुन ।
उनी कुवेतमै रहेका बखत हात्तिपोखरीको घर जलेकाले काकाकै घरमा बसेर आफन्त,छिमेकी,हितेरी मितेरी र इष्टमित्रसँग भेट गरेका उनले २०८४ मा फर्केर आँउछु भनेका थिए ।
सोमकुमारका ८४ वर्षीय पिता र दाजुभाई मोरङको रतुवामाईमा वसाई सरेका छन । श्रीमती रिमा तामाङ १० वर्षीय छोरी र ८ वर्षीय छोराका साथ काठमाण्डौमा डेरा गरेर बस्छन ।
उनको निधनको खबर पश्चात पिता,श्रीमती र छोराछोरी अर्ध मुर्छित अवस्थामा रहेको आफन्तहरु सुनाउँछन ।
आठराई गाउँपालिका ६ का स्थानीय का वडाध्यक्ष कृष्ण बाँस्कोटाका कमजोर आर्थिक अवस्थाकै कारण सोमकुमार पटक पटक बैदेशिक रोजगारीमा गएको सुनाए ।र्
हात्तिपोखरी आर्फैमा सुख्खा क्षेत्र हो, यहाँका नागरिकले उत्पादन गरेको मकै खेती जोगाउन बाँदरसँग संघर्ष गर्नुपर्छ, चुनौतीका चाङ रहेकाले यहाँका धेरैजसो युवा गाउँ बस्दैनन,सोमकुमार पनि यहि प्रताडनाले बैदेशिक रोजगारीमा हानिएका हुन ।’ उनले भने । 
निधनको खबर प्राप्त भएसँगै शव झिकाउन आवस्यक प्रकृया अगाडी बढाँउन जिल्ला प्रशासन कार्यालय तेह«थुम र नेपाल स्थित कुवेती दुतावासमा सिफारि पत्र पठाइएको उनले बताए ।


 

प्रतिकृया दिनुहोस्