आङदेम्बे र केरुङसहित पाँचथरबाट ३४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित
पाँचथर::नेपाली कांग्रेस पाँचथरले १५औँ महाधिवेशनका लागि ३४ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
बुधबार सार्वजनिक अन्तिम मत परिणामअनुसार संसदीय दलका नेता भीष्मराज आङदेम्बे र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङसहित २९ जना निर्वाचन प्रक्रियाबाट चुनिनुभएको हो । पाँच जना भने यसअघि नै सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
खुलातर्फ संसदीय दलका नेता आङदेम्बे, र केन्द्रीय सदस्य केरुङसहित जिल्ला सभापति रुपनारायण जबेगु, उपसभापतिद्वय बृजहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ, सचिव दीपक नेपाल, पूर्ण तुम्बापो, कर्ण माङलाक, सुमन लामा र सूर्य नेम्वाङ निर्वाचित हुनुभएको छ ।
युवा खुलातर्फ धनकुमार लावती र गजेन्द्र तुम्बापो तथा आदिवासी जनजाति पुरुषतर्फ बमप्रसाद लावती, धनराज तुम्बापो, ताराहाङ तावा र विजयहाङ आङदेम्बे निर्वाचित हुनुभएको छ ।
खुला महिलातर्फ मैँया श्रेष्ठ लावती, विमला हाङसरुम्बा, देवित्रा कुमारी आङदेम्बे र शान्ता बाँस्कोटा तथा आदिवासी जनजाति महिलातर्फ मधु जबेगु, गोमा देवी आङदेम्बे र ताराकुमारी योङहाङ निर्वाचित हुनुभएको छ ।
खसआर्य महिलातर्फ सरिता अधिकारी भण्डारी, दलित खुलातर्फ नीरबहादुर विमल, समावेशी दलिततर्फ देवीचन्द्र पोर्तेल र खसआर्य पुरुषतर्फ निर्मल रिजाल निर्वाचित हुनुभएको हो ।
यसअघि पेशागततर्फ तुलसी आचार्य, द्वन्द्वपीडित तथा प्रजातन्त्र सेनानीतर्फ नारायण कोइराला, अल्पसंख्यकतर्फ कुमार राई (प्रताप), अपांगता समूहबाट नवीनचन्द्र ढुंगेल र समावेशी मधेसीतर्फ राजेशदेव पोद्दार सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
कांग्रेसको विधानअनुसार पाँचथरबाट खुलातर्फ १० सहित विभिन्न समावेशी समूहबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।
३४ मध्ये २९ जना निर्वाचन प्रक्रियाबाट चयन भएको निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिनुभयो ।



