मगर संघ पाँचथरको अध्यक्षमा यौवन कुमार थापा चयन 


राधा लुइटेल 
फिदिम, असोज १८ गते ।
 नेपाल मगर संघ जिल्ला कार्य समिति पाँचथरको अध्यक्षमा यौवन कुमार थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संघको ४२औँ वार्षिक साधारण सभा तथा ८औँ जिल्ला अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको विधान २०४९ (संशोधनसहित) को दफा २३ बमोजिम निर्वाचन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिक कुमारी कम्बर मगर, सूर्यकुमार राना र सूर्यकुमार राना मगर निर्वाचित हुनुभएको छ । सचिवमा शंकर ग्याङमी मगर, सहसचिवमा नर गोपाल मगर, विक्रम राना मगर र देवी लुङ्गेली तथा कोषाध्यक्षमा राजेन्द्र थापा मगर निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यमा भुवन राना मगर, देउ कुमारी मगर, डम्बर ग्याङमी मगर, खडक राना मगर, धनप्रसाद सारु, रामचन्द्र मगर, छविलाल मगर, शंकरकुमार थापा, रुद्रबहादुर भुर्जा मगर, धनकेशर मगर, जयन्ता खपाङ्गी, दिपेन्द्र थापा मगर, सन्तोषकुमार थापा, दिपक लुङ्गेली, लक्ष्मीप्रसाद आले मगर, विवेक आले मगर, पदमकुमार ग्याङमी र भुपेन्द्र थापा मगर निर्विरोध निर्वाचित हुनुभएको निवार्चन समितीका संयोजक देवि थापा मगरले जानकारी दिनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले पाँचथरमा मगर समुदायको भाषा, संस्कृति, परम्परा र अधिकार संरक्षण तथा समुदायको सामाजिक, आर्थिक र शैक्षिक विकासका क्षेत्रमा काम गर्ने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्