पाँचथरका केरुङलाई भारतको विश्व विद्यालयमा शोध निर्देशकको जिम्वेवारी
पाँचथरको फिदिममा सञ्चालन भइरहेको पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत डा. मधुराज केरुङलाई भारतको सिक्किम स्थित नाम्चीको सरदार पटेल विश्वविद्यालयमा नेपाली र लिम्बू भाषा विषयमा सोध निर्देशकको जिम्वेवारी प्राप्त भएको छ ।
उहाँलाई सो विश्व विद्यालयमा अध्ययनरत विद्यावारिधि (पिएचडी) तहका विद्यार्थीको शोध पत्र हेर्ने जिम्वेवारी सहित निर्देशकको जिम्वेवारी प्राप्त भएको हो ।
केरुङले ३३ वर्षको उमेरमै गत वर्ष लिम्बू लोक पद्यमा रस विधान शीर्षकमा संस्कृत विश्वविद्यालय बाट विद्यावारिधि गर्नु भएको थियो ।
हाल पाँचथर वहुमुखी क्याम्पसमा नेपाली विषय प्राध्यापन गर्दै आउनु भएका उहाँलाई सरदार पटेल विश्व विद्यालयले सोध निर्देशकका रुपमा दिएको नियुक्ती पत्र सहित शुभ चिन्तकहरुले बधाई दिइ रहेका छन ।
केरुङले उक्त विश्व विद्यालयको नियुक्ती पत्र शनिबार प्राप्त भएको बताँउनुभयो ।
लिम्बू भाषा र साहित्यको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा प्राज्ञिक योगदान पु¥याउँदै आउनु भएका केरुङको विश्वविद्यालयको शोध निर्देशकमा नियुक्तिलाई नेपाली तथा लिम्बू भाषा–साहित्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने संघीय सांसद नरेन्द्रकुमार केरुङको टिप्पणी छ ।
सिक्किम सरदार पटेल विश्वविद्यालयमा शोध निर्देशकको जिम्मेवारी प्राप्त गर्नुभएका केरुङलाई शैक्षिक तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन ।
सिक्किमको विश्वविद्यालयले दिएको यो जिम्वेवारी र विश्वासलाई आफुले इमान्दार पुर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।



