रानीटारमा रोपाईँ जात्रा
पाँचथरको फिदिम नगरपालिका- ७, रानीटारको बराजु रङ्गशाला सोमबार रोपाई जात्रा प्रस्तुत गरिएको छ ।गत वर्ष जेन्जी आन्दोलनका कारण प्रदर्शन हुन नसकेको सो जात्रा रानिटार माध्यामिक विद्यालयले सञ्चालन गरेको हो । धान खेती प्रविधिबारे विद्यार्थीलाई जानकारी दिनुका साथै मौलिक संस्कृति संरक्षणका लागि रोपाई जात्रा आयोजना गरिएको वडाध्यक्ष रुपेन्द्र तामाङले बताउनु भयो ।
२०३८ सालदेखि भदौ ४ गते बाल दिवसको अवसर पारेर आयोजना गर्न थालिएको इतिहास छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि भदौ २९ गते बाल दिवसका अवसरमा जात्रा देखाउन थालिएको हो । २०३८ सालमा तत्कालीन मुमा बडामहारानी रत्न राज्य लक्ष्मीदेवीको जन्मोत्वसको अवसर पारेर शुरु गरिएको जानकार बताउनुहुन्छ ।
पछि माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्दका कारण २०५८देखि २०६९ सम्म सञ्चालन हुन सकेन । त्यसपछि पुनः कोरोना भाइरस संक्रमणका कारण २०७६ देखि २०८० साल सम्म यो जात्रा प्रदर्शन हुन सकेको थिएन । २०८१ सालमा प्रदर्शन गरिएको जात्रा २०८२ मा जेन्जी आन्दोलनका कारण स्थगित भएको थियो । जात्रालाई पुनः यो वर्षदेखि निरन्तरता दिन थालिएको हो ।
पुन १ वर्षको विश्राम पछि यसपटक आयोजना गरिएको हिले अर्थात रोपाई जात्रा हेर्न जिल्लाका विभिन्न स्थानदेखि दर्शक जम्मा भएका थिए । जात्रामा विद्यार्थीहरुले धानको बीउ उखेलेको,खेतका गह्रासम्म ओसारेको,दाँते कुदाएको,फ्याउरी लगाएको,बाउसे गरेको,गोरु जोतेको र धान रोपेको नक्कल गर्दै दर्शकलाई मनोरञ्जन दिएनुभएको थियो । जात्रामा सुरक्षाकर्मी,जोगी र साधुदेखि किसानका अनेक स्वरुप प्रदर्शन गरिएको थियो ।
इतिहासका जानकार भक्त राईका अनुसार यो जात्रा २०३८ सालदेखि भदौ ४ गते बाल दिवसको अवसर पारेर आयोजना गरिन्थ्यो । यो जात्रा तत्कालिन मुमा बडामाहारानी रत्न राज्य लक्ष्मीदेवीको जन्मोत्सवको अवसर पारेर शुरु गरिएको बताइन्छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि भदौ २९ गते बाल दिवसका अवसरमा जात्रा देखाउन थालिएको हो । २०७० देखि सगरमाथा आधारभुत विद्यालयले यस्तालाई निरन्तरता दियो भने २०७४ र ०७५ सालमा रानिटार मावि र सगरमाथा आविले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।



