किरात राई पत्रकार संघ पाँचथरको अध्यक्षमा पुन: राई


पाँचथर:: किरात राई पत्रकार संघ पाँचथरको चौथो अधिवेशन फिदिममा सम्पन्न भएको छ । अधिवेशनले सुवास राई अध्यक्ष रहेको ६ सदसीय कार्य समिती चयन गरेको छ ।
राई अध्यक्ष पदमा दोस्रो पटक सर्व सम्मत चयन हुनु भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा पुरन सुकिता राई, सचिव मन्जना राई, सहसचिव विराज राई र कोषाध्यक्षमा शिल्पा राई चयन हुनु भएको छ । सदस्य पदमा रमेश शिप्तुङखा राई निर्विरोध हुनु भएको छ ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको सभाहलमा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि किरात राई पत्रकार संघका केन्द्रीय सचिव राजकुमार इशारा राई सहित 
किरात राई यायोक्खा, पाँचथरका अध्यक्ष गणेश साम्पाङ लगायतका अतिथिले शुभकामनाम मन्तव्य राख्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस्