प्रहरीले जित्यो भदौरे मेलाको उपाधि

पाँचथरको फालेलुङ गाउँपालिका –८, आकाशेमा आयोजित भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय पाँचथरले जितेको छ ।

प्रतिश्पर्धी ब्रदर्स हेयर सैलुन फुटबल क्लवलाई १ का विरुद्व ४ गोलले हराउँदै प्रहरीले उपाधि जितेको हो । सोमबार साँझ ढिलोगरी ज्ञानज्योती आधारभूत विद्यालयको खेल मैदान आकाशे भञ्ज्याङमा आयोजित प्रतियोगितामा विजेता बनेको पाँचथर प्रहरीले नगद १ लाख ५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै, उपविजेता ब्रदर्स हेयर कट सैलुनले नगद ५५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । हरेक वर्ष भदौ १ देखि ७ गतेसम्म सञ्चालन हुने भदौरे मेलाका अवसरमा यहाँ फुटबल प्रतियोगिता पनि आयोजना गरिन्छ । 

यस वर्षको प्रतियोगिता न्यू स्टार बहुउद्देश्यीय कृषक समूहले आयोजना गरेको हो । यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ३२ र महिला तर्फ ४ टिम सहभागि थिए ।

प्रतिकृया दिनुहोस्