पहिरोले फिदिम फालौट सडक अवरुद्व
पाँचथर::पहिरोका कारण फिदिम – याङनाम – सिदिन– फालौट सडक अवरुद्व भएको छ । शनिबार साँझपख सडकमाथि पहिरो खसेको कारण उक्त सडक अवरुद्व भएको हो ।
उक्त सडकखण्ड अन्तर्गत फालेलुङ ७ सिदिन क्षेत्रमा पहिरोसँगै झरेको लेदो ढुङ्गा र माटोले सडक पुरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
फालेलुङ ७ का वडाध्यक्ष टेकबहादुर केरुङले साँझपख पहिरो खसेका कारण तत्काल पन्छाउन कठिनाइ भइरहेको र आइतबार बिहानैदेखि खुलाउने काम सुरु गर्ने बताउनुभयो ।
उहाँका कारण पहिरो खसेपछि सडक पुर्णरुपमा अवरुद्व छ । यो सडक पाँचथरको सदरमुकाम फिदिमदेखि नांगीन सिदिन प्राङवुङ हुँदै भारतसँगको सिमावर्ती फालौट र सन्दकपुर क्षेत्रलाई जोड्छ ।



