फरार प्रतिवादी पक्राउ


पाँचथर::जबरजस्ती करणी मुद्दामा फरार रहेका पाँचथर फाल्गुनन्द गाउँपालिका–७ नवमीडाँडाका २३ वर्षीय गोपी लामा ठोकर पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनलाई घट्ना पछि फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
 जिल्ला अदालत पाँचथरबाट पक्राउ अनुमति लिएर खोजी गर्ने क्रममा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिष कुमार कर्ण जानकारी दिनु भयो ।
पक्राउ परेका लामालाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको कर्णको भनाइ रहेको छ ।
साथै कर्णका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्