थकाई मेट्न भदौरे मेला


पाँचथर  ::मङ्गलबार अपरान्ह फालेलुङ–८ आकाशे भञ्ज्याङमा लागेको भदौरे मेला पुग्दा ८४ वर्षीया बुधरानी कुरुम्बाङ फिदिमबाट आएका रेसकुमारी लावती र चन्द्रमाया तुम्बापोसँग हातमा हात समाएर धान नाचिरहेकी थिइन । 
मान्छेको भीडभित्र साथीहरुसँग धान नाचिरहेकी बुधरानीले यो मेला आएर निरन्तर धान नाचेको ३३ वर्ष भइसकेको सुनाइन ।र्
म २०५० सालदेखि निरन्तर यो मेला आइरहेकी छुर्, उमेर हु“दादेखि आएको, बुढेसकालमा लौरे टेकेरै पनि आइपुगेकी छु, बा“चुन्जेल आइरहन्छु ।’ – बुधरानीले भनिन । उनको समूहमा धान नाँच्ने अधिकांशले मौलिक पोशाक र आकर्षक गहना पहिरिएका थिए ।
त्यहि भीडमा फिदिम–१० का ६० वर्षीय नविन जवेगू पनि मौलिक पहिरनमा सजिएर साथीहरूसँग गफिइरहेका भेटिए । 
ढाकाको इष्टकोट,दौरा सुरुवाल र ढाका टोपीमा सजिएका नविनले दौंतरीसँग भेटेर आत्मियता साटासाट गर्दा हलुका महशुष हुने बताए ।
मेला पाँचथर जिल्लामा लाग्ने मेलाहरुमा पुराना मध्येको एक हो, भदौमा कामको चटारो हु“दैन, असारमा धान र साउनमा कोदो रोप्दा लागेको थकाइ मेट्दै साथीभाई भेट्ने थलो हो ।’ –उनले थपे ।

उनका अनुसार द्वन्द्वकालमा पाँचथरका धेरै पुराना मेला र बजार विस्थापित भए । तर आकाशेको भदौरे मेलाले भने निरन्तर लाग्यो । यसको भौगोलिक अवस्थिति पनि मेलाको निरन्तरताको एउटा कारण रहेको उनले सुनाए । र्
सिदिन, याङनाम, नागीन, फिदिम, मेमेङ, प्राङवुङ र भारपा आदी क्षेत्रको पहुँचमा रहेको यो ठाउँ साविकका दुई–तीन गाविसको केन्द्रबिन्दुमा पर्छ ।’ –उनले थपे ।
सामान्यतः शान्त रहने यो भञ्ज्याङ भदौको पहिलो साता टाढाटाढाबाट आएका मानिसका कारण केही दिनका लागि उल्लासमय बन्ने गर्छ ।
यो वर्ष पनि भदौ १ देखि सुरु भएको भदौरे मेलाकै कारण यो स्थान उल्लासमय बनेको हो ।

फिदिम–१० का हेम महरा पनि खेतीपातीको काम सकेर मेला भर्न आइपुगेका छन । र्
खेतबारीको काम सकिएकाले केही हदसम्म फुर्सद छ,त्यहि भएर साथी सङ्गीसँग भेटघाट र मनोरञ्जनका लागि यहा“ आइपुगेको छु ।’ उनले भने ।
आकाशेको समुद्री सतहदेखि २ हजार ७ सय मिटर उचाईमा छ । यहा“को हावापानी र मौसमले भदौरे मेला आउन आकर्षित गर्छ । धान नाचिरहेको समूहमा भेटिएकी फिदिम–५ की चन्द्रमाया लिङ्देनले भनिन ।  र्
मेरो घर अवलमा छ, यो बेला हाम्रो गाउँवस्तीमा निकै गर्मी हुन्छ, यहाँ ठण्डा हुने भएकाले रमाइलो लाग्छ ।’ –उनले भनिन ।
यो मेलामा नाचिने धान नाच गाइने पालाम र मौलिक सांस्कृतिक भेषभुषाले पनि आफुलाई आकर्षित गर्दै आएको उनले सुनाइन ।
धान नाच्न पाइन्छ, पालाम गाउन पाइन्छ, जस्ले हामी लिम्बूहरूको हराउन लागेको संस्कृति जगेर्नामा मद्दत पुग्छ भनेर पनि म यहाँ वर्षेनी आउने गरेकी हुँ ।’–उनले भनिन ।
उनका अनुसार लिम्बू समुदायले भदौरे सङ्क्रान्तिलाई ‘थिसेक’ भन्ने गर्छन । असार र साउनमा खेतीपाती गर्दा लागेको थकान मेट्न यो छेक जा“ड खा“दै आराम गर्ने र आफन्त तथा दौतरीसग भेटघाट गर्ने परम्परा छ ।
यो मेलामा सहभागी हुन उमेरको कुनै सीमा छैन । फिदिम–२ की रेसकुमारी लिम्बूका लागि मेलाको सबैभन्दा रमाइलो पक्ष यही हो ।
मेलामा पुराना साथीभाइ र दौतरीहरू भेटिन्छन,मज्जाले गफगाफ गर्न पाइन्छ, पुराना सोल्टीहरूसँग हातमा हात समातेर धान नाचिन्छ । त्यही भएर भदौरे मेला खास लाग्छ ।’ –उनी भन्छिन ।
पहिलोपटक आकाशे पुगेकालाई पनि यहाँको माहोलले लोभ्याउँछ । झापाको दमकबाट आएकी पूजा तामाङ यसपालि पहिलोपटक मेलामा सहभागी भएकी हुन । यहाँको भौगोलिक बनावटसँग पनि उनलाई अचम्म लागेको छ र्।  यस्तो साँघुरो ठाउँमा यति धेरै मान्छे कहाँबाट आएका हुन, धेरै नै रमाइलो लाग्यो ।’ 
फालेलुङ आसपासका बस्ती मात्र होइन, फिदिम, मेमेङ, प्राङवुङ, भारपा, सिदिन, याङनाम, नागीनलगायतका क्षेत्रबाट मानिसहरू यहा“ आइपुग्छन ।
युवा पुस्ताका लागि यो मेलाको अर्को आकर्षण मौलिक भेषभूषा र गहना पनि हुन । 
आधुनिक पहिरनको बढ्दो प्रभावबीच आकाशेको भदौरे मेलामा पुराना पोसाक र गहनामा सजिएका महिला र पुरुष भेटिन्छन । 
फिदिम–१२ की तारा रिमाल हरेक वर्ष यही दृश्य हेर्न आकाशे पुग्छिन ।र्
यो मेलामा पुराना–भेषभूषा र मौलिकता झल्किने गरगहना लगाएका दाजुभाइ, दिदीबहिनी देख्न पाइन्छ,धान नाचेको र पालाम गाएको सुन्न र हेर्न आनन्द लाग्ने भएकाले पनि यहा“ आइपुग्छु ।’ –उनले भनिन ।
यहाँ आउने सबैको उद्देश्य एउटै हुदैन। कसैका लागि साथीभाइ भेट्ने अवसर हो, कसैका लागि थकाइ मेट्ने ठाउ“ त कसैका लागि संस्कृति देखाउने र बचाउने माध्यमका रुपमा स्थापित छ ।

प्रतिकृया दिनुहोस्