पाँचथरको रेविज नियन्त्रण उन्मुख ,पशु विमा नहुँदा राहत र क्षतिपुर्तीमा समस्या
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा फैलिएको रेविज रोगको संक्रमण नियन्त्रण उन्मुख भएको छ ।
स्थानीय तह संघ र प्रदेश सरकारका सबै निकायको प्रयत्न पश्चात रेविज रोग नियन्त्रण उन्मुख भएको हो ।
फाल्गुनन्दका १,२,५,६ र ७ मा गत असार २३ र सदरमुकाम फिदिम क्षेत्रमा साउन १६ गतेयता रेविज संक्रमण फैलिएको थियो ।
सदरमुकाम फिदिम क्षेत्रमा एउटै सामुदायिक कुकुरले साउन १६ गते साँझ एक घण्टाको अवधिमा ५५ वटा अन्य सामुदायिक र घर पालुवा कुकुरसँगै ३ जना मान्छे र एउटा भैंसीलाई टोकेपछि रेविजको त्रास फैलिएको थियो ।
त्यसपछि साउन २७ गते फिदिम नगरपालिका १४ मा अज्ञात स्थलबाट आएर १० वटा पशु चौपाया र ५ वटा घर पालुवा कुकुरलाई टोकेको सामुदायिक कुकुरको मृत्यू पश्चात गरिएको परिक्षणमा समेत रेविज संक्रमण भेटिएपछि त्यस क्षेत्रमा समेत संक्रमण जोखिम बढेको हो ।
संक्रमणका कारण फाल्गुनन्द गाउ“पालिकामा मात्रै ५० बढि पशु चौपाया मरिसकेका छन ।
यस्तै सोहि गाउँपालिकाको १,२,५ र ७मा पनि रेविज संक्रमणका कारण पशु चौपायाको मृत्यू भएको छ ।
यद्वपी पछिल्लो ५ दिन यता थप पशु चौपायामा संक्रमण नदेखिएको चिकित्सकहरुको भनाई छ ।
यसरी ठुलो संख्यामा मानिस र पशु चौपायालाई टोकेको कुकुर मरेपछि गरिएको परिक्षणमा रेविज पुष्टि भएपछि संक्रमण रोक्न सम्वन्धित गाउँ र नगरपालिकासँगै भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,प्रदेश र संघीय सरकार मातहतका पशु सेवा विभाग र मन्त्रालय हुँदै पशु सेवा निर्देशनालयबाट समेत पाँचचथरमा विज्ञ सहितको टोली परिचालन भएको थियो ।
विज्ञ सहितको टोलीले स्थलगत भ्रमण गर्दै स्थानीय तह,किसान र सरोकारवालास“ग अन्तरक्रिया र छलफल गर्नका साथै पशु चौपाया र रेविज संक्रमित जनावरसँगको सम्पर्कमा रहेका मानिसलाई अनिवार्य खोप लगाउँन सुझाएका थिए ।र्
निदेशनालयबाट विज्ञ सहितको टोली सँगै पशु चौपायालाई आवस्यक एन्टि रेविज भ्याक्सिन जिल्लामा आइपुगेको थियो । यत्तिका प्रयत्न पश्चात रेविज संक्रमण नियन्त्रण उन्मुख भएको हो ।’ भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथर –ताप्लेजुङका निरिक्षक डाक्टर रोशन दाहालले भने ।
विज्ञहरुको परामश, मानिस र पशु चौपायाका लागि आवस्यक खोप र सामग्री प्राप्त भएपछि हाल संक्रमण देखिएका सबै क्षेत्रमा सामुदायिक र घर पालुवा कुकुर सँगै पशु चौपायामा खोप अभियान चलाइदैछ ।र्
सबैभन्दा धेरै संक्रमण भएका फाल्गुनन्दका २,५,६ र ७ नम्बर वडामा पछिल्लो पटक तीनसय बढि पशु चौपायालाई सामुहिक रुपमा भ्याक्सिन लगाइएको गाउँपालिकाको पशु विकास शाखाले जनाएको छ ।
फाल्गुनन्द ६ र ७ मा कुकुरले टोकेका पशु चौपायाको स्याहार सुसारमा खटेका किसानलाई समेत सामुहिक रुपमा रेविज विरुद्वको खोप लगाइएको गाउँपालिकाका प्रवक्ता नारायण प्रसाद आङदेम्बेले बताए ।
फिदिम नगरपालिकाले सदरमुकाम क्षेत्रका सबै सामुदायिक र घर पालुवा कुकुरलाई खोप लगाउने अभियानलाई निरन्तरता दिएको छ । नगरपालिकामा मात्रै संक्रमण देखिएयता ७ सय बढि सामुदायिक र घर पालुवा कुकुरलाई रेविज विरुद्वको भ्याक्सिन लगाइएको पशु विकास शाखाका प्राविधिक नारायण थापाले बताए ।
हालसम्म फिदिम नगरपालिका १,२,४,५ र १४ नम्बर वडामा कुकुरलाई खोप लगाउने काम सकिएको छ । अन्य वडामा निरन्तर चलिरहेको वताइएको छ ।
फिदिम नगरपालिका र फाल्गुन्द गाउपालिकाका सामुदायिक सँगै घर पालुवा कुकुर बिरालो र संक्रमित क्षेत्रका पशु चौपायालाई सामुहिक खोप अभियान जारी रहेकाले संक्रमण थप नफैलिनेमा स्थानीय पनि ढुक्क छन ।
नगर प्रहरी र नगरपालिकाको पशु विकास शाखाका प्राविधिकहरुले बजार क्षेत्रमा खोजी गर्दै सामुदायिक कुकुरलाई खोप लगाइरहेका छन ।
यी स्थानीय तहमा प्राविधिकहरुले टोल टोलमै पुगेर रेवि विरुद्वको खोप लगाइरहेका छन ।
जिल्लामा संक्रमण फैलिएपछि मानिसका लागि एक हजार र पशु चौपायाका लागि दुई हजार डोज खोप प्राप्त भएको थियो ।
गोठ रित्तै, बिमा नहुँदा न राहत न क्षतिपुर्ति
रेविज संक्रमणका कारण विशेषतः फाल्गुनन्द ६ र ७ नम्बर वडाका किसानको गोठ रित्तै भएका छन ।
कुकुरले एउटै ग्वालीमा बाँधेका पशु चौपायालाई टोकेचात फैलिएको संक्रमणले पशु चौपाया गुमाएका नागरिकलाई विमा नगरेका कारण राहत र क्षतिपुर्तिमा समस्या भएको जनप्रतिनिधिहरु वताँउछन ।र्
किसानलाई पशु चौपायामा क्षति हुँदा राहत दिने छुट्टै कार्यविधि छैन,किसान स्वयमले पालेका गाई बस्तुको समेत बिमा नगरेका कारण क्षतिपुर्तीको सम्भावना पनि देखिएन ।’ फाल्गुनन्दका प्रवक्ता आङदेम्बेले भन्नुभयो ।
विमा गरेका पशु चौपायाको क्षतिपुर्ती सम्वन्धित कम्पनीबाट भुक्तानी हुने भएपनि किसानले पशु चौपायाको बिमा गराँउदैनन ।
फाल्गुनन्द गाउँपालिकामा मात्रै यस पटक रेविजबाट भैंसी,गाई,बाच्छा,बाच्छी र बाख्रा गरी ५० वढि पशु चौपाया मरेका छन ।
एउटा भैंसीको मुल्य १ लाख ५० हजार, गाईको एक लाख र बाख्राको पन्ध्रदेखि पच्चीस हजार हाराहारीमा पर्ने गरेको किसानहरु सुनाँउछन ।
आफुले पालेको माउ गाई र भैसी एकसाथ मरेका कारण एकैपटक अढाइलाख बढिको क्षति भएको फाल्गुनन्द ६ की कल्पना सेर्मा बताँउछिन ।
रेविजका कारण कल्पना सहित स्थानीय बबेन्द्र आङदेम्वे,डाइबरसिंह महरा र लिलादेवि रिजाल सहितका किसानका गोठ रित्ता रित्तै भएका छन ।
अधिकांस किसानले आफ्ना पशु चौपायाको बिमा नगराएकाले उनीहरु राहत र क्षतिपुर्ति पाउन चुकेका हुन ।



