प्रहरी कार्यालयमा साहित्य, सङगीत र बाद्यबादनको रस 

कसरी मिलाउनु हुन्छ यहाँ ? हार असुरक्षित छ,
दाप भित्रै राखे पनि तरबार असुरक्षित छ ।
देश सँग पैसा साट्ने रातका ती रानीहरु 
सक्नुहुन्न खोज्न यहाँ अख्तियार असुरक्षित छ ।


कार्यक्रमको शुरुवातमा स्रष्टा प्रेम नेपालले देशको अवस्था चित्रण गर्दै यो रचना सुनाँउदा सोमबार सा“झ जिल्ला प्रहरी कार्यालय पाँचथरको हलमा उपस्थित सबैको ध्यान एकतृत भयो । प्रायः सुरक्षा अधिकारीहरु शान्ति सुरक्षा र विपदका समयमा राहत र उद्वारका योजना बनाउन जम्मा हुने यो हलमा सोमवार निरन्तर तीन घण्टा कविता,गीत, गजल,रुवाई र भजन प्रश्तुत गरिए ।


जिल्लामा आएको बाढी,पहिरो र दुर्घट्नामा परेका नागरिकको उद्वार राहत र पुनः निर्माणमा खटेका कर्मचारीलाई मनोरञ्जन दिँदै उनीहरुको प्रतिभा पहिचान गर्ने उद्वेस्यले जिल्ला स्थित कोर्काली अध्ययन केन्द्र र रेडियो विएससीले प्रहरी कार्यालयमा यस्तो कार्यक्रम आयोजना गरेका थिए ।

हल साहित्य साधना,लेखन,पत्रकारिता र सांगितिक क्षेत्रमा कृयाशिल सर्जकस“गै प्रहरी,कर्मचारी प्रमूख जिल्ला अधिकारी स“गै सुरक्षा अधिकारीहरुले खचाखच भरिएको थियो ।  तीस जना स्रष्टाले पालैपालो तीन घण्टासम्म गजल,कविता,मुक्तक,गीत,रुवाइ सुनाउदा हलको माहौल रोमाञ्चक बन्यो । 


कार्यक्रममा स्रष्टा कमल घिमिरेले  कर्मचारीको कामको बोझसँग तलवमान तुलना गर्दै तीनका पीडालाई यसरी कवितामा प्रश्तुत गरे ।
प्रिय तलव तिमी कहिले बढ्छौ ?
श्रीमतीको माग घण्टा घण्टामा वढ्छ ...
छोरा छोरीको मिनेट मिनेटमा ...
तर  तिमी बढ्दैनाै ।
घिमिरेले यसरी कविता प्रश्तुत गरिरह“दा उपस्थित प्रहरी सबैले ताली बजाएर समर्थन गरे ।
विदेश गएर बिलासितामा मात्रै रमाउने युवालाई लक्षित गर्दै कवि शंकर आत्माले आफ्ना भावना रुवाइ मार्फत प्रश्तुत गरे । 

बाहिर बस्छौ, बाहिरै रम्छौ,
बेला बखत देउता भाक्न आँउछौ ।
एक चोक्टामा लोभिएर बाबुको अंश ताक्न आँउछौ 
उमेर रगत र पसिना बिदेशमा चढायौ
मातृ भूमिलाई केवल चिहान बनाउन आँउछौं ।

लगत्तै अर्का स्रष्टा नितेश आङवोले गजल मार्फत आफ्ना भावना यसरी पोखे ।
मरुभूमी आउन सक्छ यहाँ ताल आँउन सक्छ 
यो जीवन हो यहाँअनेक सवाल आँउन सक्छ ।

कार्यक्रममा खड्ग बोहोराले लोक गीत गाएर उपस्थित स्रष्टाहरुलाई नचाए । शान्ता गौतमले संगीनी र कुमार ढकालले भजन गाएर सहभागीलाई मन्त्र मुग्ध बनाए ।
यस्तै फिदिम ३ को जनता मा.वि.का प्रधानाध्यापक धनबहादुर गुरुङले नाकले मुरली बजाएर सवैलाई अचम्मित बनाए । भेषराज आचार्य लोकेन गुरुङको सारङी,राधा स्मृति,पवित्रा प्रयत्न,कुवेर मृदुल, राजेन्द्र काफ्लेऽ पूर्ण खड्का,अविरल राई, नारायण काफ्ले,भिम चेम्जाेङ, बिमला पुरी,सुरज मैनाली,अधिकारी बिमला,जीवन गौतम,धनपति ढुङगेल,मिना राई,डिएम कन्दङवा,सराेज सर्मा र सालिकग्राम भट्टराईले प्रश्तुत गरेका कविताले स्रोताको ताली पाए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान प्रकृति जीवन अस्मिले गीतार बजाँउदै जहाँ छन बुद्वका आँखा...बोलको गीत गाएर मनोरञ्जन दिलाए । पाँचथर बहुमुखी क्याम्पसका सहायक प्रमूख लक्ष्मी ढुङगानाले कार्यक्रमको समिक्षा प्रश्तुत रचनाले देशका समसामयिक घट्नाक्रम प्रति ब्यंग्य र विग्रँदो सामाजिक संरचनाको उजागर गर्नका साथै समाजका विभिन्न निकायमा जिम्वेवारी निभाइरहेका नागरिकको भावना समेटेको बताए । 


कार्यक्रममा प्रमूख जिल्ला अधिकारी मेख बहादुर मग्राती,प्रहरी नायव उपरिक्षक हरि खतिवडा,सशस्त्र प्रहरी नायव उपरिक्षक हरि सर्मा पत्रकार महास‌घ पाँचथरका अध्यक्ष गिरिराज वास्काेटा सहित सुरक्षा अधिकारीहरु दर्शक र स्रोताकै रुपमा उपस्थित थिए ।


असार २ गते गएको बाढी पहिरोमा परेका नागरिकको उद्वार,राहत र पुनः निर्माणमा सुरक्षाकर्र्मी मनोरञ्जन दिनका साथै प्रहरी कार्यालयमै कार्यरत प्रहरी कर्मचारीको प्रतिभा पहिचानका लागि कार्यालयमै साहित्यिक र सास्कृतिक कार्यक्रम आयोजना गरिएको डिएसपी हरि खतिवडाले बताए ।


साँझ ६ वजे शुरु भएको कार्यक्रम नौ बजेसम्म चलेको थियो । कार्यक्रम अवधिभर सहभागीहरु नडगमगाई साहित्य र संगीतको रसपानमा मस्त भए । कोर्काली अध्ययन केन्द्रले साहित्य संस्कृतिको प्रवर्धनस“गै प्रतिभाको प्रोत्साहनका लागि विभिन्न स्थानमा २२ महिना अघिदेखि महिनाको २ पटक यस्ता कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष रबिन तिम्सिनाले बताए ।
 

प्रतिकृया दिनुहोस्