डाक्टर रमेश शुभेच्छुको ‘तिहारमा छैनौं दिदी’ पुस्तक चर्चा
पाँचथर :: पाँचथरे स्रष्टा डाक्टर रमेश शुभेच्छुको गजल काब्य ‘तिहारमा छैनौं दिदी’ को पॉचथरमा समिक्षा गरिएको छ । डाक्टर लुइटेलद्वारा लिखित पुस्तकमा समेटिएका गजल र तिनले दिन खोजेको सन्देशका सन्दर्भमा फिदिममा आयोजित एक कार्यक्रममा स्रष्टा र साहित्यानुरागीहरु माझ चर्चा गरिएको हो ।
पुस्तकमा चाड नजिकिँदै गर्दा चेली गुमाउनु पर्दा माइतीका मन मस्तिष्कमा परेका चोट र बेदनालाई गजल मार्फत प्रश्तुत गरिएको छ ।
पुस्तक समिक्षा गर्दै पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमूख लक्ष्मी ढुङ्गानाले प्रश्तुत गजलहरुमा ग्रामिण परिवेशको सुगन्ध उजागर गर्दै एउटी नारीले घर व्यवहार चलाउनका खातिर गर्ने,संघर्ष त्याग र मेहेनेतलाई प्रश्फुटित गरेको बताँउनुभयो ।
कार्यक्रममा अधिकारी बिमला,हिक्मत रावल,जीवन गौतम,पवित्रा प्रयत्न, र दुखि महल तिम्सिनाले पुस्तकमा रहेका गजल बाचन गर्नुभएको थियो भने चिरण कोइराला,रमेश अधिकारी,पूर्ण खड्का र प्रेम नेपालले आ आफ्ना रचना बाचन गर्नुभएको थियो ।
नौलो साहित्यिक बिहान समाज पाँचथरले आयोजना गरेको कार्यक्रममा पाँचथर क्याम्पसका प्रमूख खेमनाथ खतिवडा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावती लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै डाक्टर लुइटेलले पुस्तकमा उल्लेखित गजलमा केबल शोक र करुणा मात्रै नभएर एउटी महिलाले परिवार र समाजमा निर्वाह गर्ने भूमिकालाई उजागर गर्न खोजिएको बताँउनुभयो ।
नौलो साहित्यिक विहान समाज पाँचथरका कार्यबाहक अध्यक्ष खड्ग बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव प्रेम ओझाले सञ्चालन गर्नु भएको थियो ।


