कविता
छाेरी
छोरी
सालिन भागीरथी, निर्मला
सपना सबै बगे खोलै खोला
अपराधी माथि परे निर्दोष थिचिए
छाती निर्चाेदै आँखा मिचिए
छोरीकी आमा हुँ म त्रास छ मनमा
बज्रको ढुङ्गा खस्यो परिवार जनमा
नारी माथि पर्ने गिद्धे नजरहरु
कुलङ्गार कुच्छेद ति कुकुरहरु
घरघरमा छन् छोरी सबका
कानुन छ भने देशमा तिनलाई छप्का
कु दृष्टि लगाइन्छ छोरी माथि
आफ्नो आफन्त भन्दैन साथि
विश्वास गर्न लायक कोही भएनन्
यस्ता घटना किन गएनन्
बारम्बार मन चिसो हुन्छ किन ?
अबोधहरुले कस्को के खाएका थिए ऋण
यो देशको कानुन खुकुलो
हामी नारी पैतालाको धुलो
बुन्दैछ पापीले जालो
दिन पनि हुदै छ कालो
देवी, लक्ष्मि, सरस्वती, भगवती
किन खुस्किएको मति
राम्रो हुनु पनि गल्ति भो
प्यासीहरुको लागि सबै चल्ति भो
गर्छन् आफ्नाले आफ्नाकै घात
भनेनन् सानो ठूलो नवजात
के–के सुन्नु अनि देख्नु परेको
किन यस्तो गरेको
मान्छे पनि राक्षस भए
इज्जत सबै गुमाए
कुमारीत्व खोस्न पुग्यो
छोरी चिनेन् चुर्लुम्मै डुव्यो
दोषीलाई सजाय दिने कानुन बनोस्
नेपाल वाहा सबैले भनोस्
थामिएनन् आँशु रोकिएन हात
कसैलाई नलागोस गिद्धे मात
पैसामा बिक्छन् सबै पढेका
दिन दिनै अपराध किन बढेका
कता लगि अब लुकाउँ छोरी
आँशुको खोला सुकाउँ कसरी
हार, गुहार, पुकार सुनिएन चित्कार
नारि भएर जन्मनु बेकार
कस्तो भाग्य कस्तो कर्म
किन गर्छौ कुकर्म
मर्नु छैन अब तड्पीएर
आफु तिर नि फर्कि हेर
भोलि तिमी नि पर्छौ
म जस्तै तड्पिएर मर्छौ
आमा, बैनी, श्रीमति, छोरी देवीकुमारी
कस्को के लाग्यो र पस्यो भुमरी
आमा आमा भन्दा भन्दै उडि गयो सास
नाता सबै मेटियो बनाए लास ।।
गिता तिम्सीना
अर्जुनधारा २ पा



