पाँचथरका बजारमा देखिन थाल्यो दशैंको चहलपहल
पाँचथर:: मनसुन सकिएर ग्रामिण सडकमा सुधार आएसँगै पाँचथरको सदरमुकाम फिदिमसँगै विभिन्न बजारमा चहल पहल देखिन थालेको छ । यो वर्ष जिल्लामा ढिलागरी दशैको चहल पहल सुरु भएको हो ।
अघिल्लो सातासम्म पानी पर्ने क्रम नरोकिँदा ग्रामिण क्षेत्रबाट बजार आउने सवारी र ढुवानी साधन नचल्दा बजार प्राय सुनसान थिए ।
फिदिम फालोट, जोरपोखरी एकतिन,सप्तमी दशमी आरुवोटे,राँके रवि भेडेटार र यासोक फिदिम सहितका सडकले जिल्लाका ग्रामिण क्षेत्रलाइ सदरमुकाम जोड्छन ।
पछिल्लो २ दिन यता सदरमुकाम फिदिम सहित थर्पु जोरपोखरी राँके रवि र यासोक लगायतका बजारमा सवारी र ढुवानी साधन सँगै किनमेल गर्नेको भीड लाग्न थालेको हो । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र अधिकारीका अनुसार जिल्लाका ग्रामिण क्षेत्रबाट आएका उपभोक्ताले बजारमा खद्यान्न र लत्ताकपडा सँगै आवस्यक सामग्रि किनमेल गर्छन ।
फुलपातीका दिनसम्म बजारमा देखिने भीड अष्टमीका दिनदेखि क्रमशः कम हुन थाल्ने उहाँले बताँउनुभयो ।

.jpeg)

