धुम्रपान र लागुऔषध दुव्र्यसनविरुद्ध महिला स्वास्थ्य स्वयंसेविका परिचालन

पाँचथरको फिदिममा धुम्रपान तथा लागुऔषध दुव्र्यसनविरुद्ध महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी जनजागरण अभियान सञ्चालन गरिएको छ । 
फिदिम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँ–टोल र समाजमा बढ्दै गएको धुम्रपान तथा लागुऔषध दुव्र्यसन नियन्त्रणमा महिला स्वास्थ्य स्वयंसेविकाले खेल्न सक्ने भूमिकाबारे छलफल गरिएको हो ।
कार्यक्रममा लागुऔषध दुव्र्यसन तथा धुम्रपान सेवनका कारण व्यक्ति, परिवार र समाजमा पर्न सक्ने असरबारे जानकारी दिइएको थियो । विशेषगरी किशोरकिशोरी तथा युवापुस्तामा दुव्र्यसनको जोखिम बढ्न नदिन घरपरिवार र समुदायस्तरबाट सचेतना फैलाउनुपर्नेमा जोड दिइएको थियो ।
महिला स्वास्थ्य स्वयंसेविका गाउँ–टोलसम्म प्रत्यक्ष पहुँच भएका स्वास्थ्यकर्मीका रूपमा रहेकाले उनीहरूमार्फत दुव्र्यसन विरुद्धको सन्देश समुदाय स्तरसम्म पु¥याउन सकिने विषयमा कार्यक्रममा छलफल भएको थियो । 
परिवार तथा समुदायमा धुम्रपान र लागुऔषध सेवन गर्ने व्यक्तिको पहिचान भएमा उनीहरूलाई परामर्श तथा आवश्यक स्वास्थ्य सेवाका लागि सम्बन्धित निकायसम्म पु¥याउन स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताइएको थियो ।
त्यस्तै, दुव्र्यसनमा फसेका व्यक्तिलाई सामाजिक रूपमा बहिष्कार गर्नुभन्दा उपचार, परामर्श र पुनःस्थापनाका लागि सहयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो । विद्यालय, परिवार, स्वास्थ्य संस्था, स्थानीय तह तथा समुदायबीच समन्वय गरी निरन्तर सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।
कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकालाई धुम्रपान तथा लागुऔषध दुव्र्यसनविरुद्ध समुदायमा सचेतना फैलाउन थप सक्रिय बनाउनेअपेक्षा गरिएको नगरपालिको स्वास्थ्य शाखाका प्रमूख ओमप्रकाश यादवले बताँउनुभयो ।
 

प्रतिकृया दिनुहोस्