बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ


 पाँचथर:: बहुविवाह मुद्दामा कैद र जरिवानाको फैसला भएपछि फरार रहेका पाँचथरका एक प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको  छ ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–६ निवासी ४६ वर्षीय यामकुमार कुगेनाम्बा रहेको प्रहरीले जनाएको छ ।
 जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार जिल्ला अदालत पाँचथरले २०८२ जेठ २६ गते बहुविवाह मुद्दामा कुगेनाम्बालाई ११ महिना ६ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
दिलकुमार राईको जाहेरीले नेपाल सरकार वादी र कुगेनाम्बा समेत प्रतिवादी रहेको उक्त मुद्दामा फैसला भए पनि कुगेनाम्बा फरार रहेका थिए । पक्राउ परेका कुगेनाम्बालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पाँचथरमा पेस गरिएको  कर्णले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्