अर्जेन्टिना र स्पेन : फुटबलभन्दा माथिको सम्बन्ध

पाँचथर:: आज आइतवार राति पौने १ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा हुने विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन खेल्दैछन् ।

स्पेनी भाषा बोल्ने यी दुई देशबीच खेल मैदानमा त प्रतिस्पर्धा हुनेछ, तर उनीहरूको सम्बन्ध भने ऐतिहासिक रूपमा निकै गाढा रहिआएको छ ।

१६औँ शताब्दीमा एक स्पेनीले नै ब्युनस आयर्स शहर स्थापना गरेका थिए । पछि २०औँ शताब्दीको मध्यमा लाखौँ स्पेनी अर्जेन्टिना गएर बसे र सन् १९७६ देखि ८३ सम्मको तानाशाही कालमा त्यत्तिकै सङ्ख्यामा अर्जेन्टिनी स्पेन पुगे । यसरी दुई देशबीच पुस्तौँदेखि पारिवारिक तथा सांस्कृतिक नाता कायम छ ।

फुटबलमा भने यी दुई टिम विश्वकपमा एक पटक मात्र खेलेका छन् । सन् १९६६ मा भएको खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । अर्को रोचक तथ्य के छ भने अल्फ्रेडो डी स्टेफानोले दुवै देशका लागि राष्ट्रिय टोलीबाट खेलेका थिए । स्टेफानोले पहिले अर्जेन्टिनाका लागि र पछि स्पेनका लागि खेले ।

अहिलेको पुस्तामा पनि दुई देशबीच उस्तै सम्बन्ध देखिन्छ । लियोनल मेसीले सानै उमेरका लामिन यामाललाई नुहाइदिएको तस्वीर भाइरल भएको थियो र आज ती दुई विपक्षी मुख्य खेलाडी बनेका छन् ।

जीत जोसुकैको भए पनि स्पेन र अर्जेन्टिनाबीचको यो नाता फुटबल भन्दा माथि रहनेछ ।

साभार उज्यालो सहकर्मी

प्रतिकृया दिनुहोस्