तस्बिरमा फालेलुङकाे पाँचाै चाैरी महोत्सव
पाँचथरको फालेलुङ गाँउ पालिका ४ चाररातेमा पाँचौं चौंरी पर्यटन महोत्सव आयोजना गरिएको छ ।
.jpg)
फालेलुङ गाँउ पालिकाको प्रर्वधनमा नया वर्षको पहिलो दिन बैशाख १ गते महोत्सव आयोजना गरिएको हो ।
.jpg)
हिमाली क्षेत्रका पर्याय र गहनाका रुपमा स्थापित चौंरी पालन व्यवसायको प्रवर्धनसँगै चौंरीजन्य उत्पादनको वजारिकरण गर्ने उद्घेस्यले पा“चथरमा हरेक वर्ष बैशाख १ गतेदेखि शुरु हुने महोत्सवलाई आयोजकले अन्तराष्ट्रिय चौंरी पर्यटन महोत्सव भन्दै आएका छन ।
.jpg)
भारतको वेष्ट बंगालसँगको सिमावर्ती क्षेत्रमा आयोजना गरिएको महोत्सवमा जिल्लाको याङवरक र फालेलुङका गोठबाट ल्याइएका विभिन्न रङ र प्रजातीका चौंरी आकर्षणका केन्द्र बने ।
भारतको सिक्किम र वेष्ट बंगालस‘गको सिमावर्ती उक्त स्थानमा आयो गरिएको महोत्सवमा किसानले पालेका चौंरी, याक,नाक, तोले,उराङ र डिहीको प्रदर्शनीस‘गै चौरी र भेडाजन्य उत्पादनका स्टलहरु राखिएको छ ।
.jpg)
महोत्सव यो वर्ष चारदिन (बैशाख ४ गतेसम्म) सम्म चल्ने छ । फाल।ेलुङ कञ्चनजंघा पर्या पर्यटन, ,दिप ज्योती युवा क्लव र कञ्चनजंघा चौंरी पालन तथा संरक्षण सस्थासँगै फालेलुङका चौरी किसान आवद्घ सस्था आयोजक छन ।
.jpg)
लोप हुँदै गएको चौंरी पालन व्यवसायको प्रवर्धन र संरक्षणका लागि महोत्सव फालेलुङ गॉउपालिकाले २०७४ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ । २०७७ सालमा भने कोरोना संक्रमण जोखिमका कारण सञ्चालन हुन सकेन ।
.jpg)
महोत्सव आयोजना गर्न थालेपछि चौंरी पालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढेको र चौंरीजन्य वस्तुको प्रवर्धन र बजारिकणमा टेवा पुगेको आयोजक फालेलुङ कञ्चनजंघा पर्या पर्यटन सस्थाका उपाध्यक्ष शिल्प राईले बताए ।
.jpg)
हिमालका पर्यायको रुपमा स्थापित चौंरी लोप हुन लागेको भन्दै तिनीहरुको संरक्षण र सम्बर्धनमा सहयोग पु¥याउन वर्षेनी महोत्सवको आयोजना गरिएको फालेलुङ गाँउ पालिका अध्यक्ष सञ्चकुमार केरुङ बताँउछन ।
महोत्सव हेर्न नेपालको १ नम्वर प्रदेशका पा“चथर,ताप्लेजुङ,तेह«थुम,इलाम,झापा र मोरङस“गै भारतको सिक्किम,दार्जिलिङ,पञ्जाब र कर्साङका मानिस पुगेका थिए ।
कच्ची सडकको कष्टपुर्ण यात्रा तय गर्दै यहा“ आएकाहरु चौंरीस“गै उच्च पहाडी क्षेत्रबाट देखिने हिमाल मनोरम दृश्य,गुरा“से बन र खुल्ला चौरको मनोरम दृश्यमा रमाइरहेका देखिन्थे ।
.jpg)



