पाँचथरमा म्युजिक एन्ड टुरिजम फेस्टिभलको तयारी
पाँचथरमा पहिलो पटक म्युजिक एण्ड टुरिजम फेस्टिबल आयोजना गरिने भएको छ । जिल्लाकाको पर्यटन प्रवद्र्धनसँगै स्थानीय कला, संस्कृति र संगीतलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजना गर्न लागिएको यो फेस्टिबललाई ‘पाँचथर म्युजिक एन्ड टुरिजम फेस्टिभल २०८३’ भनिएको छ ।
सांगितिक क्षेत्रमा कृयाशिल मिलनसार प्रोडक्सनको आयोजना र चोलुङ प्रोडक्सनको सहकार्यमा असोज २३ गते सदरमुकाम फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा महोत्सव आयोजना गर्ने तयारी गरिएको आयोजक सस्थाले पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो ।
महोत्सवमा केहेर एण्ड लुङ्वा नामक सांगितिक समूहको विशेष प्रश्तुती रहनेछ वताइएको छ । जहाँ रविन लिम्बू र बाल गायक आरभ मेन्याङ्बोको समेत प्रस्तुति रहने आयोजक सस्थाका अध्यक्ष मिलन विश्वकर्माले बताँउनुभयो ।
आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि करिब १९ लाख बढी खर्च हुने अनुमान गरिएको विकको भनाई छ ।
।महोत्सवबाट प्राप्त हुने नाफाको केही हिस्सा सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाइ छ । महोत्सवले पाँचथरका पर्यटकीय गन्तव्यको प्रचारसँगै स्थानीय कला, संगीत, व्यापार र पर्यटन व्यवसायलाई चलायमान बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

..jpeg)

