पहिरोले तान्न थालेपछि सिङ्गो गाउँजोखिममा ४ परिवार विस्थापित
पाँचथर:: बस्तीको पुछारबाट पहिरोले तान्न थालेपछि पाँचथरको फालेलुङ ५ को लुमाङदिन टोल जोखिममा परेको छ ।
पहिरोले घरमा क्षति पु«र्याएपछि आइतबार ४ घर परिवार विस्थापित भएका छन थप ३५ घर जोखिममा रहेको वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए ।
विहान ८ बजेतिर सुरु भएको पहिरो अहिलेसम्म नरोकिदा सिङ्गो गाउ जोखिममा परेको खपाङ्गी बताउछन ।
पहिरोले घरमा क्षति पुर्याउदा स्थानीय गणेशप्रसाद लिम्बू, विक्रम साम्बा, विष्णु साम्बा र चन्द्रप्रसाद साम्बा सहित चार घर विस्थापित भएका हुन ।
बस्तीको पुछारबाट गा“उ नै तान्ने गरी पहिरो गइरहेका कारण ३५ घरपरिवारका १ सय ६८ जना उच्च जोखिममा छन ।
वस्ती पुछारमा पहिरो गइरहनुका साथै अधिकांस जमिनमा धाजा फाटेकाले थप घरहरु जोखिममा देखिएका हुन ।
अहिले पनि पानी परिरहेकाले जोखिम यथावत रहेको स्थानीय बताउछन । घर भत्केका चार परिवारलाई नजिकै रहेका आफन्तकहा स्थानान्तरण गर्नका साथै विस्थापितको सङ्ख्या बढ्ने देखिएकाले नजिकैको सिद्व आधारभुत विद्यालयमा अस्थायी वासस्थानको व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष खपाङ्गीले सुनाए ।
प्रमूख जिल्ला अधिकारी बासुदेव दाहालले फालेलुङ पहिरोका कारण ४ परिवार विस्थापित हुनका साथै थप घर जोखिममा रहेको पुष्टि गरेका छन ।
क्षतिको पहिरो प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क समेत हुन नसकेको उनको भनाइ छ ।
यसअघि पहिरोक्रै कारण फालेलुङ २ मा ८ र फालेलुङ ३ मा १ घर विस्थापित भएका छन । पहिरोका कारण ठाँउ ठाँउमा सडक अवरुद्व हुँदा फालेलुङ प्राकृतिक नाकाबन्दीमा परेको छ ।



