पाँचथरको मिक्लाजोङ , जहाँ किसानले पाँउछन लाख रुपैँया पुरस्कार भीडीयाे रिपाेर्ट
३५ मन भन्दा धेरै आलु फलाउनेलाइ प्रतिकिलो २० रुपैंयाका दरले प्रोत्साहन
४० मुरी धान, ४ फुट उचाइ, १५ फुट अग्लो थाङग्रामा मकै र ३५ मन भन्दा धेरै आलु फलाउने किसानलाइ १लाख रुपैंयासम्म पुरस्कारको प्याकेज ल्याएको पाँचथर स्थित मिक्लाजोङ गाँउ पालिकाका जनप्रतिनिधि र कर्मचारी केहि महिनायता किसानका घर र खेत पुग्दै उनीहरुले फलाएको धान भर्न र मकैको थाङग्रो नाप्दै किसानलाइ पुस्कार बितरण गर्न व्यस्त छन ।
घर खेतमै आउने स्थानीय सरकारका प्रतिनिधि र कर्मचारीले पुरस्कारको पोको दिएर जान थालेपछि किसानहरु खुशी नहुने कुरै भएन ।
यो गाँउ पालिकाले गत जेठ महिनामा ४० मुरी धान वा २० फुट लम्बाइ र ४ फुट उचाई भएको थाङग्रो भरीका मकै फलाउनेलाइ एक एक लाख तथा ३५ मन भन्दा धेरै आलु फलाउनेलाइ प्रतिकिलो २० रुपैंयाका दरले प्रोत्साहन पुरस्कार दिने निती ल्याएको थियो
।
नीति पास भए लगत्तै खेतीका लागि आह्वान गरेपछि उत्साहित किसानले उल्लेख्य मात्रामा अन्न फलाएपछि जनप्रतिनिधि र कर्मचारीको प्राविधिक टोलीले यसै आर्थिक वर्षदेखि घर खेतमै पुगेर अन्न नाप्दै पुरस्कार दिन थालेको हो । बर्खाभरी बगाएको पसिनाको परिमाण स्वरुप राम्ररी अन्न उब्जिनुका साथै स्थानीय सरकारले घरैमा आएर पुरस्कारको पोको थमाउन किसानहरु खुशीले गदगद भएका छन ।
स्थानीय सरकारले गाँउ सभाबाटै निर्णय पारित गरेर यत्तिका अन्न फलाउने किसानलाई पुरस्कारको प्याकेज घोषणा गर्दै कृषिकर्ममा लाग्न भनेको थियो ।
कोरोना भाइसको महामारीले रोजगारी गुमाएर फर्केको युवा शक्ति गाँउमै बेरोजगार वसेको तथा गाँउ घरको जग्गा बाँझो रहेको देखिएपछि यस्तो कायर्कम ल्याउनु परेको गाँउ पालिकाले जनाएकोे छ ।
गाँउ पालिकाले यस्तो नीती ल्याए लगत्तै बैदेशिक रोजगारीबाट फर्केकासँगै खेतीयोग्य जमिन बाँझै राखेर बसेका किसान कम्मर कसेर प्रतिश्पर्धामा उत्रेका थिए ।
पुरस्कारको प्याकेज ल्याएसँगै १ सय ८५ जना किसानले तोकिएको मापदण्ड अनुसार अन्न फलाएको भन्दै गाँउ पालिकामा पुरस्कारका लागि निबेदन दिएका थिए । उनीहरुलाई पुरस्कार दिन गाँउ पालिकाको १ करोड ८५ लाख खर्चिनु परेको छ ।
एकातिर भण्डार भरी अन्न अर्कातिर पुरस्कार पाएको रकम मिक्लाजोङका किसानका लागि दुबै हातमा लड्डु भन्ने उखान चरितार्थ भएको छ ।



