खेलकुद

उसुमा दीपक हमालले दिलाए तेस्राे स्वर्ण

काठमाडाैँ, १८ मंसिर । जारी १३ औँ साग अन्तर्गत आज भएकाे उसुतर्फकाे पुरूष थाउलो खेलमा पनि नेपालले स्वर्ण जितेको छ । नेपालका लागि दीपक हमालले स्वर्ण पदक दिलाएका हुन् ।

नेपाली सेनाको लगनखेलस्थित शारिरक तथा खेलकुद तालिम केन्द्रमा भएको खेलमा नेपालका दीपक हमालले कुल १९.३२ अंक ल्याउँदै स्वर्णपदक हात पारेका हुन् । यससँगै उसुमा मात्रै नेपालकाे स्वर्ण संख्या ३ पुगेकाे छ भने कुल स्वर्ण संख्या २५ पुगेकाे छ ।


दीपकले भारतका साजन लामालाई पछि पार्दै स्वर्ण दिलाएका हुन् । साजनले समग्रमा १९.१२ अंक मात्र ल्याएर रजतमै सीमित भए ।

त्यसअघि नतिजा धाधलीपूर्ण भएको भन्दै नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध जनाउँदा झन्डै आधा घन्टा खेल अवरूद्ध भएको थियो ।

पुरुष थाउलो थाइचिचेनमा श्रीलंकाका थारिन्तु नामाल अनुरथाले स्वर्ण जितेपछि त्यसको विरोधमा नेपाल र भारतका खेलाडीले म्याटमै बसेर त्यसको विरोध गरेपछि खेल अवरुद्ध भएको थियो । पछि उनीहरुलाई प्रहरी लगाएर हटाइएकाे थियाे ।

news24nepal

error: Content is protected !!