खेलकुद

साइक्लिङकाे महिला र पुरूष दुवैतर्फ नेपालले जित्याे स्वर्ण र रजत

१८ मंसिर । जारी १३ औँ सागमा नेपालले साइक्लिङमा पुनः स्वर्ण पदक हात पारेकाे छ । बुधबार भएको प्रतिस्पर्धामा नेपालले यस विधामा २ स्वर्ण जितेकाे हाे ।
साइक्लिङकाे पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले १/१ स्वर्ण पदक जितेका हुन् ।यससँगै नपालको कुल स्वर्ण पदक संख्या २७ पुगेको छ ।

बुधबार गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुष तर्फ शिर्ष तीन स्थान हात पारेकाे छ । यस विधाकाे दोस्रो स्थान पनि नेपालले नै हात पारेकाे छ । नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक हात पारेका हुन् ।

error: Content is protected !!