मोफसल

पाँचथरको फाल्गुनन्दमा पनि आगोमा परेर महिलाको ज्यान गयो

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ ओसागु बस्ने ४४ वर्षिय बिर्ख माया आङदेम्बेको आगोले पोलेर मृत्यु भएको छ । आज दिँउसो खाना बनाउने चुलोमा घोप्टिएर लड्दा जलेर उनको ज्यान गएको हो ।
खेतमा काम गर्न गएका उनका श्रीमान घर फर्केर आँउदा श्रीमतीलाई चुलोमा घोप्टो परेर मरेको अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी चौकी आङसाराङ पाँचथरबाट खटिएको प्रहरी टोलीले हाल घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

error: Content is protected !!