फिचर

पाँचथरको फालेलुङमा घर जल्दा बृद्धाको ज्यान गयो

पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिका वडा नम्वर ३ मेमेङमा आफ्नै घर भित्र जलेर ७५ वर्षीय बृद्धाको ज्यान गएको छ ।
गएराती साढे एघार बजे भएको आगलागीमा परी टंकरानी थाम्सुहाङको बृद्धाको ज्यान गएको हो । घरमा एक्लै वस्ने टंकराजनीको घर गएराती साढे एघारवजे जलेको थियो । मध्यरातमा नियन्त्रण गर्नै नसकिने अवस्थामा आगोको मुस्लो देखेपछि गाँउलेहरु भेला भएको प्रत्यक्षदर्सी गणेश थाम्सुहाङले बताउनुभयो ।
जलेको घर सरसफाइ गर्ने क्रममा उनको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रायः रातभर आगो तापेर बस्ने ती बृद्धाको कपडामा आगो सल्केर घट्ना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

error: Content is protected !!