राजनीति

धरानमा लाल किल्ला तोडियो, २६ हजार मत ल्याएर कांग्रेसका तिलक राई विजयी

सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी हुनुभएको छ । २०४८ सालदेखि नेकपाले कब्जा जमाउँदै आएको धरानमा यस पटक कांग्रेसले किल्ला तोडेको हो ।

हाम्रा स्थानीय सम्बाददाताका अनुसार नेपाली कांग्रेस उम्मेदवार तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्धी प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गर्नुभएको छ । यद्यपी, आधिकारिक घोषणा हुन भने बाँकी छ ।

नेकपाका उम्मेदवार प्रकाश राईको पराजयसँगै नेकपालाई ठूलो धक्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।

धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको थिएन ।

error: Content is protected !!