फिचर

दार्जिलिङ पाँचथर गोल्डकपको फाइनलमा


पाँचथर : युनाइटेड फुटवल क्लव दार्जिलिङ तेस्रो वाइवाइ पाँचथर गोल्डकपको फाइनमा प्रबेश गरेको छ ।

प्रतिश्र्पी हिमालयन शेर्पा क्लवलाई सडेन डेथमा हराँउदै दार्जिलिङ पाँचथर गोल्डकपको उपाधी नजिक पुगेको हो ।
बर्षाका वावजुद निर्धारित समयमा दुवै टिमले एक– एक गोलको वरावरीमा खेलपछि खेल ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा समेत दुवै टिमले ५ –५ गोलको वरावरीमा खेलेपछि सडेन डेथमा निर्णय लिइएको हो ।
सडेन डेथमा हिमालयन शेर्पाका तर्फवाट खेलेका बिदेशी खेलाडी ड्याडी वाम्वाको प्रहार गोलपोष्ट भन्दा माथिवाट आउट भएपछि उक्त टिम सेमी फाइनलवाट बाहिरिनु परेको हो ।
सडेन डेथमा गोल गरेका दार्जिलिङका खेलाडी वान्डेन तामाङलाई मेन अफ दी म्याच घोषित गर्दै नगद ५ हजार सहित पुरस्कृत गरियो ।
चैत २३ देखि शुरु भएको प्रतियोगिता बैशाख २ गते सकिँदैछ । खेलका विजेताले नगद ४ र उप विजेताले २ लाख रुपैंया पुरस्कार पाउनेछन ।

फोटो शनिवार सम्पन्न पाँचथर गोल्डकपको अन्तिम सेमी फाइनलमा प्रतिश्पर्धा गर्र्दै हिमालयन सेर्पा सेतो र दार्जिलिङ सुन्तला रङको जर्सीमा
तस्वीरहरु लक्ष्मी गौतम
लक्ष्मी गौतम