फिचर

नयाँ वर्ष शुरु नहुँदै भयानक दुर्घट्ना, पाँचजनाको ज्यान गयो २० घाइते

पाँचथर : सुनसरीको धरान उपमहानगरपालिका ८ पानी ट्याङकीमा शुक्रवार राती दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । कोशी राजमार्ग अन्तर्गत राती सवा ११ बजे धरानबाट ईटहरी तर्फ जाँदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको बा २० च ४०७६ नम्बरको कारले ओभरटेक गर्ने क्रममा ट्याक्टरको चक्कामा ठक्कर लाग्दा ट्याक्टर अनियन्त्रित भई नालीमा पल्टेको थियो । उक्त दुर्घटनामा कार अनियन्त्रित भई खनारबाट धरान जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा समेत ठक्कर लाग्दा कारमा सवार चालक सुन्दर(हरैचा नगरपालिका(४ बस्ने बर्ष ४५ को गोबिन्द बस्नेत, ईटहरी उपमहानगरपालिका ४ बस्ने बर्ष ३० को अनिल श्रेष्ठ, धनकुटा बस्ने बर्ष २७ को जनक बुढाथोकी र तत्काल ठेगाना नखुलेका बर्ष २८ को मदन लिम्बु गम्भीर घाइते भई उपचारको लागि धरान स्थित वी।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा कार चालक बस्नेत बाहेक अन्य ३ जनाको उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते भएका कार चालकलाई थप उपचारको लागि विराटनगर स्थित बिराट नर्सिङ होम पठाईएको छ । दुर्घटनामा टयाक्टरमा सवार झापा चन्द्रगढी नगरपालिका( ६ बस्ने बर्ष २२ को दिल कुमार राजवंशी, मोरङ रंगेली नगरपालिका(२ बस्ने बर्ष १७ को बिनोद कार्की र भद्रपुर नगरपालिका(८ बस्ने बर्ष २२ को कृष्ण राजवंशी घाइते भई धरानमा उपचार भईरहेको छ । साथै बसमा सवार रहेका धरान उप(महानगरपालिका(१८ बस्ने बस्ने बर्ष ३० की चन्द्रा राई, धरान (११ बस्ने बर्ष २२ की प्रभा राई, धरान(१७ बस्ने बर्ष ३० की सुक्रीकला राई , बर्ष ३४ की सारदा राई र बर्ष ३५ की पबित्रा बिष्ट घाइते भई धरानमा उपचार भईरहेकोमा सुक्रीकला राई बाहेक अन्य ४ जना डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तीन वटै सवारी साधन ट्याक्टर र बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

बोलेरो गाडीको ठक्करबाट १ को मृत्यु, ११ घाइते

झापाको मेचीनगर नगरपालिका(१२ कालीझोडामा शुक्रवार राती बोलेरो जीपको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व(पश्चिम राजमार्गमा राती ८ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज २८११ नम्बरको बोलेरो जीपले चारआली बजारमा तत्काल पहिचान नखुलेको पैदलयात्री बर्ष अन्दाजी ७५ को पुरुष व्यक्तिलाई ठक्कर दिँदा बोलेरो जीप अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको बोलेरो जीपलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मे १ ज १२०९ नम्बरको बोलेरोमा सवार ११ जना समेत घाइते भई उपचारको लागि वि।एण्ड।सी। अस्पताल विर्तामोड पठाईएको थियो । दुर्घटनामा गम्भीर घाइते पैदलयात्रीको उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ । दुवै सवारी साधन र मे १ ज १२०९ नम्बरको जीप चालक शिवसताक्षी नगरपालिका(१ बस्ने बर्ष ३९ को युवराज शंकरलाई नियन्त्रणमा राखेको छ भने २८११ नम्बरका बोलेरो चालक फरार भएकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका(१२ त्रियुगा खोलामा शुक्रवार पौडी खेल्ने क्रममा डुबेर १ बालकको मृत्यु भएको छ । अपरान्ह सवा ५ बजे खोलामा पानी जमेर बनेको दहमा पौडी खेल्ने क्रममा त्रियुगा नगरपालिका(११ बस्ने तेज बहादुर बस्नेतको छोरा बर्ष १२ को एलिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालकलाई पानीमा तैरीरहेको अवस्थामा फेला परे पछी स्थानीयले खबर प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल उदयपुर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।