खेलकुद

पाँचथर गोल्डकपमा आज अन्तिम सेमी फाइनल : दार्जिलिङ र हिमालयन शेर्पा भीड्दै

पाँचथर : पाँचथर गोल्डकप आज अन्तिम सेमी फाइनलमा दार्जिलिङ र हिमालयन शेर्पा भीड्दै
पाँचथर पाँचथर सदरमुकाम फिदिममा जारी पाँचथर गोल्डकपमा आज अन्तिम सेमी फाइनल खेल हुँदैछ ।

दिँउसो साढेतीनवजे फिदिम माविको खेल मैदानमा हुने प्रतियोगितामा हिमालयन सेर्पा क्लव र युनाइटेड फुटवल क्लव दार्जिलिङ फाइनल प्रवेशका लागि भीड्दैछन । आजको विजेताले पर्सी सोमवार डिएफसी मोरङसँग उपाधीका लागि प्रतिश्पर्धा गर्नेछन ।


चैत २३ देखि शुरु भएको प्रतियोगितामा १० टिम सहभागी थिए । प्रतियोगिताका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन ।

error: Content is protected !!