खेलकुद

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट ९ जना खेलाडी

पाँचथर : आठौं राष्ट्रिय खेलकुदका लागि पाँचथर जिल्लाबाट छनौट भएका बिभिन्न बिधाका ९ जना खेलाडीलाई आज बिदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको संयोजनमा बिदाइ गरिएको हो ।
जिल्लाबाट आठौं राष्ट्रिय खेलकुदका लागि फुटवलतर्फ हेमन्त दर्नाल, १ हजार र ५ हजार मिटरको एथलेटिक्सतर्फ हर्क लुवागुन,फुलकन्ट्याक्टतर्फ ४५ केजी समुहमा प्रवेश नेम्वाङ,५५ केजी समूहमा अमृता लावती,५० केजी समूहमा राम लिम्बू र अमृता लिम्बू,५५ केजी समूहमा श्रद्धा मगर, कुस्तीमा अमृता लिम्बूसँगै व्याडमिन्टनमा एशिया जवेगू छनौटमा परेका छन । उनीहरुलाई जिल्ला समन्वय समिति पाँचथर प्रमूख विष्णुप्रसाद सापकोटा, प्रमूख जिल्ला अधिकारी मुरारी वस्ती र जिल्ला खेलकुद समिति अध्यइा वावा मेयाङवो लगायतले सफलताको शुभ कामना सहित अविरको टिका लगाएर बिदाइ गरेका थिए ।
आठौ राष्ट्रिय खेलकुद नेपालगञ्ज सहित प्रदेश नम्वर ५ का विभिन्न स्थानमा चैत २७ देखि शुरु भएको छ ।