फिचर

नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र प्राप्त गरेकी १ सय २ वर्षीय भगवतीदेबी भण्डारीको निधन

पाँचथर : नेपालमै पहिलो पटक राष्ट्रिय परिचय पत्र प्राप्त गरेकी १ सय ४ वर्षीय भगवतीदेवी भण्डारीको शुक्रवार निधन भएको छ ।
भण्डारीको फिदिम ४ शान्तिपुर स्थित निवासमा मध्यान्ह निधन भएको हो । भण्डारीको शुक्रवार नै पाँचथर र तेह«थुमको सिमावर्ती तमोर नदीमा दाहसस्कार गरिएको छ । उहाँले गत पुष ५ गते फिदिममा आयोजित एक समारोहविच गृहमन्त्री रामबहादुर थापाको हातबाट राट्रिय परिचय पत्र प्राप्त गर्नुभएको थियो । उहाँको निधन भइसक्दासम्म राष्ट्रिय परिचय पत्र भने प्रयोगमा आएको छैन ।
राष्ट्रिय परिचय पत्र लागु भएपछि नागरिकता,ड्राइभिङ लाइसेन्स,जग्गाधनीपुर्जा र बैंकिङ कारोबारका लागि धेरै कागजात बोक्ने झण्झट मुक्त हुने भनिएपनि राष्ट्रिय परिचय पत्रमा प्रयोग भएको चिप्स रिडर मेसिन जडान नभएकाले प्रयोगमा आउन सकेको छैन । परिचय पत्र लागु हुन अझै केहि समय लाग्ने नेपाल सरकारले जनाएको छ ।