फिचर

मोरङ पाँचथर गोल्डकपको फाइनलमा


पाँचथर : डिएफसी मोरङ पाँचथरको फिदिममा जारी तेस्रो वाइवाइ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
प्रतिश्पर्धी विजय युथ क्लव हेटौडालाई ट्राइवेकरमा ३ का बिरुद्ध ५ गोलले पराजित गर्दै मोरङ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुबै टिमले १ –१ गोलको वरावरीमा खेलेपछि ट्राइवेकर मार्फत निर्णय लिइएको थियो ।
ट्राइवेरका मोरङका विक्रम लिम्बू,हेमन्त थापा मगर, पुजन उभरकोटी नविन गुरुङ र आसमान भिदुमले गोल गरेका थिए ।
यस्तै हेटौडाका तर्फवाट बिदेशी खेलाडी तेम्पे, र हेमन्ड सँगै सुनिल बलले गोल गरे ।
हेटौडाका सरोज दाहाल प्रहार मोरङका गोलकिपरले रक्ष गर्नुका साथै राजेश शुव्वाको प्रहार गोल पोष्टबाट बाहिरिएपछि मोरङ पाँचथर गोल्डकपको फाइनलमा पुगेको हो ।
भोली युनाइटेड फुटवल क्लव दार्जिलिङ र हिमालयन शेर्पा क्लव विच प्रतिश्पर्धा हुने छ ।
चैत २३ देखि शुरु भएको प्रतियोगिता बैशाख २ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख र उप विजेताले २ लाख पुरस्कार प्राप्त गर्नेछन ।