खेलकुद

पाँचथर गोल्डकपमा सेमी फाइनलका खेल शुरु हुँदै पहिलो चरणमा मोरङ र हेटौडा भीडदै

पाँचथर : पाँचथरको फिदिममा जारी तेस्रो वाइवाइ पाँचथर गोल्डकपमा आजदेखि सेमी फाइनल चरणका खेल शुरु हुँदैछन । दिँउसो साढेतिनवजे फिदिम माविको खेल मैदानमा शुरु हुने पहिलो सेमी फाइनल खेलमा आज विजय युथ क्लव हेटौडा र डिएफसी मोरङ विच प्रतिश्पर्धा हुने छ ।
यस्तै भोली भोली युनाइटेड फुटवल क्लव दार्जिलिङ र जावलाखेल विच प्रतिश्पर्धा हुने आयोजक पाँचथर क्लवले जनाएको छ । फाइनल खेल भने बैशाख २ गते हुने तालिका छ । चैत २३ देखि शुरु भएको प्रतियोगितामा नेपालका ए डिभिजन सहित ९ र भारतको १ गरी १० टिम सहभागी थिए । प्रतियोगिताका विजेताले ४ र उप विजेताले २ लाख नगद पुरस्कार पाउनेछन ।
लक्ष्मी गौतम