मोफसल

नेशनल लाइफ इन्स्योरेन्सले ग¥र्यो १० लाख रुपैंयाको मृत्यु दाबी भुक्तानी

पाँचथर : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पाँचथरको फिदिम नगरपालिका ३ का स्वर्गीय गोपाल राइको परिवारलाई १० लाख रुपैयाको मृत्युदाबी भुक्तानी गरेको छ । राइले उक्त कम्पनीमा पहिलो किस्ताको बिमांक वापत ४३ हजार ६ सय रुपैंया भुक्तानी गरी ५ लाख रुपैंयाको बिमा गरेका थिए । उनको गत फागुन ५ गते फिदिम ३ लालीखर्कमा स्कुटरको ठक्करवाट निधन भएपछि कम्पनीले यत्तिको रकम भुक्तानी गरेको हो ।
राईको मृत्यू पश्चात उनको परिवारका सदस्यले चैत्र २१ गते मृत्यु दाबि गदै भुक्तानीका लागि नेशनल लाइफ इन्सुरेन्स कम्पनीको फिदिम शाखामा कागजात पेश गरेको थियो । त्यसको ५ दिन नवित्दै कम्पनीले मृत्यू दावी भुक्तानी गरेको हो ।
मृतकको परिवारलाई एक कार्यक्रम आयोजना गर्दै फिदिम ३ का वडाध्यक्ष नरेन्द्र गुरुङ मार्फत रकम हस्तान्तरण गरिएको हो । बिमा दाबी भुक्तानी कार्यक्रममा नेशनल लाइफ इन्सोरेन्सका अभिकर्ता सन्त बहादुर राइ, हर्क ब राइ, चन्द्रकला राइ र राज बहादुर राइ उपस्थिति रहेको इन्स्योरेन्सका फिदिम शाखा प्रमुख अर्विन सुनुवारले जानकारी दिनुभयो ।