फिचर

न्यु स्टारलाई हराँउदै हिमालयन शेर्पा पाँचथर गोल्डकपको सेमी फाइनलमा

पाँचथर : प्रतिश्पर्धी न्यु स्टार क्लव सुनसरीलाई ३ का बिरुद्ध ४ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लव काठमाण्डौ वाइवाइ तेस्रो पाँचथर गोल्डकपको सेमी फाइनमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आज भएको खेलमा हिमालयनका तर्फवाट खेल शुरु भएको नवौं मिनेटमा क्याप्टेन मानवहादुर तामाङले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि बिदेशी खेलाडी ड्याडी वाम्वाले खेल शुरु भएको १३ औं र २५ औं मिनेटमा क्रमशः २ गोल गरे ।। हिमालयन सेर्पाकै बिजय श्रेष्ठले ६७ औं मिनेटमा चौथो गोल गरेका थिए ।
सुनसरीका तिर्थ वस्नेतले ३९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको खाता खोले भने दिनेश राईले ७२ औं मिनेटमा दोस्रो र रोशन भुजेलले ८२ औं मिनेटमा तेस्रो गोल गरे ।
आजको खेलमा हिमालयन शेर्पाकै ड्याडी वाम्वालाई उत्कृष्ठ खेलाडी घोषित गर्दै नगद ५ हजार सहित पुरस्कृत गरियो । भोली डिएसी मोरङ र विजय युथ क्लव हेटौडा विच पहिलो सेमी फाइनल खेल हुनेछ । चैत २३ गते शुरु भएको खेलमा १० टिम सहभागी थिए । बैशाख २ गते हुने फाइनलका विजेताले नगद ४ लाख र उप विजेताले २ लाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन ।