खेलकुद

पाँचथर गोल्डकपमा आज हिमालयन सेर्पा र सुनसरी भीड्ने

पाँचथर
पाँचथरको फिदिममा जारी वाइवाइ तेस्रो पाँचथर गोल्डकपको अन्तिम क्वाटर फाइलनमा आज न्यु स्टार सुनसरी र हिमालयन सेर्पा क्लव विच प्रतिश्पर्धा हुँदैछ ।
खेल फिदिम माविको खेल मैदानमा दिँउसो साढेतीनवजे शुरु हुने आयोजक पाँचथर क्लवले जनाएको छ । प्रतियोगितामा भोलीदेखि सेमी फाइनल चरणका खेल शुरु हुनेछन । चैत २३ देखि शुरु भएको पाँचथर गोल्डकपको यो सस्करणमा ए डिभिजन सहित १० टिम सहभागी छन । प्रतियोगिताको विजेताले नगद ४ लाख र उप विजेताले २ लाख सँगै ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन ।

error: Content is protected !!