फिचर मोफसल विश्व

माओबादीको आक्रमणमा सांसद सहित ६ जनाको ज्यान गयो

पाँचथर : भारतको छत्तीसगढ राज्यको दन्तेवाडा जिल्लामा माओवादी आक्रमणमा विधायक सहित ६ जनाको ज्यान गएको छ ।

आक्रमणमा भारतीय जनता पार्टी तर्फबाट निर्वाचित विधायक भीमा मण्डावीको ज्यान गएको छ । वरिष्ठ प्रहरी अधिकारी डीआईजी पी सुन्दर राजले मण्डावी, उनका चालक र तीन प्रहरी मारिएको पुष्टि गरेका छन् । दन्तेवाडा छत्तीसगढ राज्यको बस्तर लोकसभा क्षेत्रमा बिहीवार निर्वाचन हुँदै छ । कुआकोंडा पुग्नुभन्दा २ किलोमिटर अगाडि नै विस्फोट भएको थियो ।

निर्वाचन अभियानका क्रममा गइरहेका बेला सशस्त्र माओवादीले आक्रमण गरेका थिए । उनीहरूले आईईडी ९इम्प्रोभाइज्ड एक्सप्लोसिट डिभाइस० विस्फोट गराएर विधायकको गाडीमाथि आक्रमण गरेका थिए । उनको सुरक्षार्थ खटिएको गाडीमा पनि विस्फोट हुँदा सुरक्षाकर्मीको ज्यान गएको हो । उनीहरूले बारुदी सुरुङ विस्फोट गराएर आक्रमण गरेका थिए ।

विस्फोटबाट सडकमा ठूलो खाडल परेको छ । गाडी २ सय मिटर टाढा उछिट्टिएको थियो । छत्तीसगढ माओवादी प्रभावित राज्य हो । आक्रमणलगत्तै केन्द्रीय रिजर्भ सुरक्षाबल ९सीआरपीएफ० र राज्य प्रहरीलाई घटनास्थल पठाइएको छ । हाल घटनास्थल वरपरका क्षेत्र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सुरक्षाकर्मीले आक्रमणकारीको खोजी शुरु गरेको छ । दुवैतर्फ आधा घण्टासम्म दोहोरो गोली हानाहान भएको थियो । मारिएका पाँचजनाको फोन पनि माओवादीले लगेका छन् ।

छत्तीसगढमा कैयौंपटक माओवादीले आक्रमण गरेका थिए । सन् २०१८ को जुलाईमा माओवादीले छत्तीसगढको काँकेर जिल्लामा बीएसएफका जवानमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणमा २ सुरक्षाकर्मी मारिएका थिए । गत वर्ष १३ मार्चमा पनि सुकमा जिल्लामा सीआरपीएफको २१२ औं बटालियनमाथि माओवादीले आक्रमण गरेका थिए । उनीहरूको विस्फोटबाट ९ सुरक्षाकर्मी मारिएका थिए ।

सुकमा जिल्लामा २०१३ मा भएको माओवादी आक्रमणमा कांग्रेसका नेता विद्याचरण शुक्ल, महेन्द्र कर्मा लगायत २५ जनाको मृत्य भएको थियो ।