फिचर

पाँचथर गोल्डकप : जावलाखेललाई ट्राइवेकरमा हराँउदै हेटौडा पाँचथर गोल्डकपको सेमी फाइनलमा


पाँचथर : जावलाखेल युथ क्लव ललितपुरलाई ट्राइवेकरमा ४ का बिरुद्ध ५ गोलले हराँउदै विजय युथ क्लव हेटौडा वाइवाइ तेस्रो पाँचथर गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा भएको खेलमा दुवै क्लवले निर्धारित समयमा एक एक गोलको वरावरी खेलेपछि ट्राइवेकरका आधारमा निर्णय लिइएको थियो ।
निर्धारित समयमा विजय युथ क्लवका शन्देस महतोले खेल शुरु भएको ३५ औं मिनेटमा आत्मघाती गोल गर्दै जावलाखेलको खाता खोलिदिएका थिए ।
६८ औं मिनेटमा सोहि क्वलका विश्व लामाले गोल गरेपछि दुवै टिमले वरावरीमा खेले ।
त्यसपछि ट्राइवेकरमा निर्णय लिइएको हो । ट्राइवेकरमा भने विजय युथ क्ल्वका तर्फवाट विदेशी खेलाडी तेम्पी अर्नेष्ट,ह्याम्ड र क्रिष्टियन सहित सरोज दाहाल र प्रशान्त कार्कीले १–१ गोल गरे भने जावलाखेल युथ क्लवका तर्फवाट उत्तम श्रेष्ठ,अनुज सिंह,बिशाल तामाङ र सुसिल कुमार यादवले १ –१ गोल गरे । जावलाखेलका क्याम्टेन अजय थापाले गरेको प्रहार हेटौडाका गोलकिपरले छेकेपछि पाँचथर गोल्डकपमा जावलाखेलको यात्रा टुंिगएको हो । भोली न्यु स्टार सुनसरी र हिमालयन सेर्पा क्लव विच अन्तिम क्वाटर फाइनलमा प्रतिश्पर्धा हुने आयोजक पाँचथर क्लवले जनाएको छ ।
अाजकाे खेलमा हेटाैडका गाेल रक्षक अनिष देउजा उत्कृष्ठ खेलाडी घोषित भए ।