मोफसल

ताप्लेजुङ र डडेल्धुरामा बस दुर्घटना, २३ जना घाइते



ताप्लेजुङमा र डडेल्धुरा भएका सवारी दुर्घटनामा ३३ जना घाईते भएका छन् । ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ भने ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
गम्भीर घाइतेमध्ये ५ जनालाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर रिफर गरिएको छ । बाँकी ६ जनाको ताप्लेजुङमै उपचार भइरहेको छ।
घाइते सबै बारा निजगढका हुन् । मे १ ज १४८६ नम्बरको ट्याक्सी गयराति करिव १० बजेतिरे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो।

यसैगरी

कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नम्बरको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिक दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।
घाइतेमध्ये २२ जनाको अवस्था सामान्य रहेको छ भने एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

स्रोत radionrn


error: Content is protected !!