मोफसल

जाजरकोटमा जीप, ७ जना घाइते


जाजरकोट । जाजरकोटमा यात्रुवहाक जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । नलगाड नगरपालिका वडा नम्वर ९ र १० को सीमानामा पर्ने दारिमपाटा भन्ने स्थानमा रग्दाबाट दल्ली तर्फ जादैँ गरेको ग १ ज ५८१२ नम्वरको यात्रुवाहक जीप दुर्घटना हुादा एक जना वच्चा सहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेहरुको पहिचान खुलि नसकेको छैन ।

प्रहरीका अनुसार नलगाड नगरपालिका वडा नम्वर १२ रग्दा देखि नगरपालिकाको केन्द्र दल्ली बजारतिर आउदै गरेको उक्त जीप सडकवाट ३९ मिटर तल खसेको हो । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहका छन् ।

घाइते सबैलाई पशिचम रुकुमको राडी बजारमा उपचारका लागि लगिएको लगिएको छ । सडकको अवस्था विग्रेको र चालकको लापरवाहिले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।