खेलकुद फिचर

फिदिम नपा विवाद प्रकरण : मेयरले अधिकृतलाई फिर्ता लैजान मन्त्रालयलाई चिठि लेखे

पाँचथर ।। पाँचथरको फिदिम नगरपालिकाका प्रमुख ओनहाङ नेम्वाङले सोमबार प्रमुख प्रशासकीय अधिकृत घनश्याम उपाध्यायलाई फिर्ता पठाउन पत्राचार गरेका छन् । सरुवा गर्ने अधिकार नभएका नेम्वाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत् काज फिर्ता गरिदिन अनुरोध गरेका हुन् ।

पाँच महिनाअघि २०७५ भदौ २० गते फिदिम आएका उपाध्यायलाई काम सन्तोषजनक नभएको काज वा बिदामा बस्दा कानुन अनुसार नगरेको, नगरपालिकाको विकास निर्माण र समृद्धिमा असर परेको जस्ता आरोप नेम्वाङले लगाएका छन् । मन्त्रालयलाई अर्को व्यवस्था गर्न पनि अनुरोध गरेका छन् ।

उपाध्यायले भने आफू जाने मनस्थितिमै रहेको बताए । ‘म जाने मनस्थितिमै थिएँ’ उनले भने, ‘सबै कुरा यहाँका नागरिकलाई थाहा छ ।’ बाँकी विषय भने अधिकृत उपाध्यायले खोल्न चाहेनन् ।

मेयर नेम्वाङले मन्त्रालयलाइ लेखेको पत्र ।