फिचर मोफसल

पाँचथरको गोल्डकपमा मोरङ संग आयोजक पराजित

२५ चैत्र, पाँचथर।। पाँचथरको फिदिममा जारी वाइवाइ तेश्रो पाँचथर गोल्डकपमा मोरङले आयोजकलाई पाखा लगाएको छ । पहिलो क्वाटर फाइनल खेलमा आयोजक पाँचथर क्लब पाँचथरलाई डि एफ सी मोरङले ३–० गोल अन्तरले पराजित गरेको हो ।

मोरङको तर्फबाट विदेशी खेलाडी आरमान भिदुम ले पहिलो हापको १४ औ र इन्जुरी समयमा २ गोल गरे भने हेमन्त थापा मगरले खेलको १५ औ मिनेटमा १ गोल गरेका थिए । स्थानीय खेलाडी लाइ लिएर मैदान उत्रिएको आयोजक सुरुवात देखीनै निकै दवावमा देखिएको थियो ।

भोलि हुने दोश्रो क्वाटर फाइनल खेलमा इलामलाई पराजित गरेको झापा र दार्जिलिङ विच प्रतिष्पर्धा हुनेछ ।  पाँचथरको फिदिममा आयोजना हुदै आएको  पाँचथर गोल्डकपको यस सिजनमा १० टिम समभागी छन् । प्रतियोगितामा पहिलो पुरस्कार ४ लाख रुपैया र दोस्रो पुरस्कार २ लाख रुपैया रहेको छ 

error: Content is protected !!