मोफसल

धरान दुर्घटना (अपडेट) : पाँच महिने बच्चासहित मृत्यु भएका सबैको सनाखत (मृतक तथा घाइतेको नामावली सहित)

चैत्र २५,धरान / धरानको जिरो प्वाइन्टमा भएको दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४० जना घाइते भएका छन् भने ती मध्ये ६ जना गम्भिर घाइते भएका छन् । धनकुटाको ६ नम्बर बुधबारेबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको हो । बसमा च्यापिएर ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। संख्या ४० भन्दा बढी रहेको छ । घाइतेहरु सबैको हाल वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा धरान–८ का चालक चक्रबहादुर गुरूङ, धनकुटा चौबीसे–१ डाँडाबजारका दलबहादुर मगर, मोरङ केराबारी–९ की यामकुमारी मगर र उनकी ५ महिनाकी छोरी डेनी मगरकाे घटनास्थलमै मृत्यु छ । तस्तै दुर्घटनमा परी घाइते हुनेहरूमा इटहरी ५ का २४ वर्षीया दिवा सुवेदी, धनकुटा चौविसेकी ३० वर्षीया शान्ता तामाङ, धनकुटा साँगुरीगढी–६ भेडेटारकी ४ वर्षीया प्रियका विक, धनकुटा चौबिसेकी ५ वर्षीया लजिता मगर, २० वर्षीया मिनराज मगर र ४० वर्षीया धर्मकुमारी मगर , धनकुटा कुरूले–३ २५ वर्षीय भक्तकुमार याख्खा, तेह्रथुम फाक्चामाराकी २२ वर्षीया सुस्मिता लिम्बू, २ वर्षीया छोरी नुम्मा लिम्बू पनि घाइते भएका छन् । धनकुटा मुढेबास वडा नं ८ की २० वर्षीया सीता मगर, मोरङ केराबारी–५ की ११ वर्षीया आताना तामाङ, धनुकटा साँगुरीगढी–५ का एकै परिवारका तीनजना घाइते भएका छन् ।

त्यस्तै घाइते हुनेहरूमा ४७ वर्षीय जंगीप्रसाद राई, ३६ वर्षीय बुद्धमाया राई र ७ वर्षीया छोरी विविशा राई , धनकुटा खुवाफोकी ३२ वर्षीय सोमा लिम्बू, ५ वर्षीय सिकेन लिम्बू, मोरङका १३ वर्षीय दीपेन लिम्बू, धनकुटा चौबिसेकी २२ वर्षीया सुनिता मगर, सुनसरी महेन्द्रनगर–२ का १८ वर्षीय कुशल लिम्बू, सुनसरी इटहरी–१९ तरहराकी १८ वर्षीया अनु श्रेष्ठ, धनकुटा चौबिसे वडा नं १ की ५ वर्षीया रोजिता मगर, ३८ वर्षीया धर्मकुमारी अधिकारी, धनकुटा साँगुरीगढी वडा नं ६ की ५९ वर्षीया धनमाया विक, धनकुटा चौबीसे वडा नं १ का ३० वर्षीय मिनराज मगर, प्रेमकुमार मगर, तेह्रथुम फाक्चामाराकी २० वर्षीया सुस्मिता सम्वाहाम्फे, नुमाफुङ लिम्बू, धनकुटा डाँडाबजारका ४७ वर्षीय जंगीप्रसाद याख्खा, ३६ वर्षीया बुद्धमाया याख्खा, पाँचथरका तेजबहादुर लिम्बू रहेको छन् भने अन्य घाइतेहरूमा धरान–१७ का नविन श्रेष्ठ, रैजिता राई लगायत रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन् ।

error: Content is protected !!