फिचर

बाटो खन्ने क्रममा पुरिएर स्काभेटर चालकको मृत्यु

ताप्लेजुङ, चैत्र २४ गते ।

ताप्लेजुङको श्रीजंगा गाउँपालिका(५ पेदाङमा आइतवार बाटो खन्ने क्रममा बाटो माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । बिहान ११ बजे खैरबारीबाट राष्ट्रिय माध्यामिक विद्यालय पेदाङ जोड्ने बाटो खन्दै गरेको स्काभेटरलाई बाटो माथिबाट झरेको ढुंगा र माटोले किच्दा चालक सिन्धुलीको कमलामाई नगरपालिका( १ बेल्टार बस्ने बर्ष २१ का बीर बहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरीको टोली खटि गई शव उद्धार पश्चात कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको छ भने पुरिएको स्काभेटर निकाल्ने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।